नेभिगेसन मेनु

गण्डकी प्रदेशमा आलोपालो सरकार बन्ने
सम्पादक:南亚网络电视
समय:2023-04-16 13:37

1

स्याङ्जा, वैशाख ३ गते । गण्डकी प्रदेशमा सरकारको नेतृत्व नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसले आलो पालो गर्ने गरी सहमति भएको छ । 

नेकपा (एमाले)को नेतृत्वमा रहेको गण्डकी प्रदेश सरकारलाई माओवादी केन्द्रले विश्वासको मत फिर्ता लिएको एक महिना पुग्नै लाग्दा यस्तो सहमति भएको हो । प्रधानमन्त्री निवासमा बालुवाटारमा आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड), काँग्रेस सभापति शेर बहादुर देउवा सहित छलफल भएपछि सहमति भएको हो । 

दुई दलका शीर्ष नेता सहित काँग्रेस महामन्त्री गगन थापा, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, काँग्रेस नेता रमेश लेखक, काँग्रेस गण्डकी प्रदेश संसदीय दलका नेता सुरेन्द्र पाण्डे, माओवादी केन्द्रका संसदीय दलका नेता हरि बहादुर चुमान सहित छलफल भएको थियो । प्रदेशको नेतृत्व कसले गने टुङ्गो नलागे पनि पहिलो पटक मुख्य मन्त्री माओवादीले पाउने चुमानले बताउनुभयो । यस भन्दा अगाडी काँग्रेसको माओवादीको समर्थनमा मुख्य मन्त्री काँग्रेसको बनेको बताउँदै अब माओवादीबाट बन्ने बताउनुभयो । 

उहाँले आधा आधा अवधि सरकारको नेतृत्व दुई दलले गर्ने र वैशाख ११ गते नयाँ सरकार बन्ने दाबी गर्नुभयो । दुई शीर्ष नेतासँगको भेटले पहिला माओवादीको नेतृत्वमा सरकार बन्ने सम्भावना बढेको उहाँको भनाई थियो । माओवादी केन्द्रले चैत १० गते सरकार छाड्दै गण्डकी प्रदेश सरकारको विश्वासको मत फिर्ता लिएको थियो । 

गण्डकी प्रदेशमा काँग्रेसका २७, माओवादी केन्द्र आठ(सभामुख सहित) र नेकपा एकीकृत समाजवादी एक गरी ३५ जना सांसद रहेका र सरकार बनाउन स्पष्ट बहुमत रहेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर