नेभिगेसन मेनु

इलाका प्रशासन कार्यालय वालिङको सेवा प्रवाह सुरु
सम्पादक:南亚网络电视
समय:2023-05-01 16:01

1

वालिङ, वैशाख १८ गते । इलाका प्रशासन कार्यालय वालिङले सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह गर्न सुरु गरेको छ । वालिङ ९ सुर्काैँदीमा ४ रोपनी क्षेत्रफलमा निर्माण गरिएको सुविधा सम्पन्न भवनबाट सेवा प्रवाह सुरु गरिएको हो । 

२०५७ सालमा वालिङमा स्थापित प्रशासन कार्यालय वालिङ ८ कटौँजेमा भाडामा सञ्चालन गरिँदै आएको थियो । कार्यालयको आफ्नै भवन नहुँदा सेवा प्रवाहमा असहज हुँदै आएको भन्दै सेवाग्राहीको गुनासो थियो । साढे २ तल्ले १४ कोठे भवन अपाङ्गमैत्री बनाइएको छ भने आधुनिक प्रविधिबाट निर्माण सम्पन्न गरिएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख घनश्याम गौतमले जानकारी दिनुभयो । 

तीन करोड २२ लाखको लागतमा गएको आर्थिक वर्ष २०७८-७९ को असार सम्ममा निर्माण सम्पन्न गर्नुपर्ने भएपनि कोभिड लगायतको कारणबाट ढिलो गरी निर्माण सम्पन्न भएको गौतमले बताउनुभयो । 

कार्यालय प्रमुख गौतमले भन्नुभयो, "कोठा अभावका कारण दैनिक सेवा प्रवाह असहज भएको थियो । प्रशासनबाट हुँदै आएका कार्य, राष्ट्रिय परिचय पत्र निर्माण, मतदाता नामावलीलगायतका कार्य गर्न असहज हुँदै आएकोमा नयाँ भवनवाट दिइने सेवा थप प्रभावकारी हुनेछ ।"

जिल्लाका ७ पालिकालाई सेवा दिँदै आएको प्रशासनबाट औसतमा दैनिक ६० नागरिकता जारी हुने गरेको छ भने पासपोर्ट, नाबालक परिचय पत्र, दलित, जनजाति प्रमाणितलगायतका कार्य हुँदै आएको छ । इलाका प्रशासन कार्यालय वालिङले वालिङ, गल्याङ तथा चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिकाका पुरै क्षेत्र तथा भीरकोट नगरपालिकाको वडा नं.४,५ र ९, बिरुवा गाउँपालिकाको वडा नं.५,६ र ७ तथा हरिनास गाउँपालिकाको वाड नं.४,५ र ६ कार्य क्षेत्र रहेको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर