नेभिगेसन मेनु

अदालत उपस्थित हुनुअघि हिरासतमा ट्रम्प‚ आफूमाथि लागेका आरोप मिथ्या भएको दाबी
सम्पादक:南亚网络电视
समय:2023-04-05 12:33

thumb

पोर्नस्टार स्टर्मी डेनियल्ससँग ट्रम्पको सम्बन्धलाई लिएर परेको मुद्दामा म्यानहटन जिल्ला अदालतमा उपस्थित हुँदै गर्दा अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प । तस्बिर : रोयटर्स ।

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि लागेका आरोपहरू मिथ्या भएको दाबी गरेका छन् । बुधबार पूर्वराष्ट्रपति ट्रम्पले म्यानहटनस्थित अदालतमा आफूमाथि लागेका गम्भीर प्रकृतिका ३४ मुद्दा मिथ्या भएको दाबी गरेका हुन् ।

म्याहटन अदालतमा न्यायाधीश जुआन मर्चनको इजलासमा पूर्वराष्ट्रपति ट्रम्पले आफूले कुनै अपराध नगरेको र आफूमाथि लागेका सम्पूर्ण आरोपहरू गलत भएको दाबी गरेको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले उल्लेख गरेका छन् ।

उनलाई अदालतमा उपस्थित गराउनुअघि प्रहरीले हिरासतमा लिएको थियो । गिरफ्तारीपछि ट्रम्पले मारेलागोमा आफ्ना समर्थकहरूलाई करिब २५ मिनेट गरेको सम्बोधन गर्दै आफूमाथि लागेका आरोपहरू गलत र तथ्यहीन भएको दाबी गरेका हुन् ।

न्युयोर्कको म्यानहटनस्थित अदालत परिसरमा ट्रम्पका समर्थकले प्रदर्शन गरेका छन् । ट्रम्प आपराधिक क्रियाकलापमा संलग्न भएको आरोप लाग्ने पहिलो अमेरिकी राष्ट्रपति हुन् । उनले अमेरिकाको पक्षमा उभिनु आफ्नो सबैभन्दा ठूलो गल्ती भएको बताएका छन् ।

ट्रम्पले भने आफूले बिजनेस रेकर्डमा कुनै गडबडी नगरेको बताएका छन् । उनीमाथि ३४ वटा गम्भीर प्रकृतिको अपराध गरेको आरोप लागेको छ । उनीमाथि विभिन्न महिलासँग सम्बन्ध राखेकोलगायतका आरोप लागेको छ ।

ट्रम्पले गरेको सम्बोधनमा उनले म्यानहटनका जिल्ला न्यायाधिवक्ताकी श्रीमती र उनको मुद्दा हेरिरहेकी न्यायाधीशको छोरीमाथि मिथ्या आरोप लगाएका थिए । ट्रम्पले आफ्ना अधिवक्ताले आफूमाथि कुनै मुद्दा नलागेको दाबी गरेको बताएका छन् ।

पोर्नस्टार अभिनेत्री स्टर्मी डेनियल्ससँग ट्रम्पको सम्बन्धलाई लिएर म्यानहटन जिल्ला अदालतको ग्र्यान्ड जुरीले गरेको अनुसन्धानपछि उनलाई अदालतमा उपस्थित गराइएको थियो । जुरीले उनलाई दोषी ठहर गर्ने प्रबल सम्भावना रहेको ट्रम्प आफैंले बताउने गरेका छन् । दोषी ठहर भएमा ७६ वर्ष ट्रम्प अमेरिकी इतिहासमा अपराधको आरोप लाग्ने पहिलो राष्ट्रपति हुनेछन् ।

सन् २०१६ को चुनावी अभियानका क्रममा ट्रम्पले आफूहरूको सम्बन्धबारे नबोल्न डेनियल्सलाई १ लाख ३० हजार डलर घुस दिएको आरोप लागेको छ । यदि यो विषय प्रमाणित भए आगामी चुनावमा उनको उम्मेदवारीमा समेत ठूलो झट्का लाग्नेछ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर