नेभिगेसन मेनु

मलेसियाको सडकमा नेपाली श्रमिकको कारुणिक तस्बिर
सम्पादक:南亚网络电视
समय:2023-03-19 13:39

muna-cover2023-03-19-06-38-11

अस्वाभाविक व्यवहार देखाउने बाजुराका मकिन्द्र शाही जसलाई कम्पनीको नामसमेत थाहा छैन

मलेसियाको राजधानी क्वालालम्पुरस्थित कतरिया सडकको कार पार्किङ गर्ने स्थानमा एक व्यक्ति अलपत्र अवस्थामा लडिरहेको भेटिए । नेपालीजस्ता लागेपछि चासो राख्दा उनले आफ्नो साथको नागरिकता देखाए । उनी रहेछन् बाजुराका मकिन्द्रबहादुर शाही । नागरिकताअनुसार उनको ठेगाना साबिकको बाई गाविस– २ हो । 

अस्वाभाविक व्यवहार देखाउने उनको कुराकानीमा लय थिएन । मानसिक असन्तुलन भएजस्तो देखिन्थ्यो । एक थान फुटेको मोबाइल बोकेका उनले १४ दिनेदेखि भोकै रहेको बताए । कम्पनीको तालिम चलिरहेकाले आफू पार्किङमा आराम गर्न आएको पनि बताए । बोल्दाबोल्दै उनको लय बिग्रियो, ‘नेपालबाट हेलिकोप्टर लिन आउँछ, अनि जाने हो । म नेपालको राजा हो, भगवान् हो ।’ उनले काम गर्ने कम्पनीको नाम र बसाइबारे पनि बताउन सकेनन् । तर, आठ वर्षअघि मलेसिया आएको तथा घरमा श्रीमती र छोरी भएको बताए । नागरिकतामा उल्लेख भएअनुसार उनकी श्रीमतीको नाम नानी शाही हो । १३ जेठ ०४९ मा जन्मिएका उनी रंगवीर शाहीका छोरा हुन् । 

गैरआवासीय नेपाली संघ मलेसियाका अध्यक्ष विनोद थापाले अलपत्र शाहीलाई आवश्यक सहयोग गर्न तयार रहेको बताए । संघले विपत्मा परेका कामदारका लागि सहयोग गर्दै आएको बताउँदै उनले संघकै सेल्टरमा राख्न तयार रहेको पनि बताए । 

सन् २०१८ मा नेपाल र मलेसिया सरकारबीच फ्री भिसा र फ्री टिकटमा नेपाली कामदार लैजाने सम्झौता भएको थियो । साथै, मलेसिया सरकारले हालै आफ्नो देशमा कार्यरत कामदारलाई मासिक १५ सय रिंगेट (नेपाली झन्डै ४५ हजार रुपैयाँ) आधारभूत तलब दिने व्यवस्था गरेको छ । त्यसपछि पछिल्लो समय वैदेशिक रोजगारीमा जाने नेपालीका लागि मलेसिया आकर्षणको केन्द्रबिन्दु बनेको छ । मलेसियामा झन्डै चार लाख नेपाली कामदार रहेको अनुमान छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर