नेभिगेसन मेनु

हचुवामा डिजाइन बन्दा योजना अन्योल
सम्पादक:南亚网络电视
समय:2023-02-12 12:55

Untitled-1

मुगु, माघ २९ गते । जिल्लाको छायानाथ रारा नगरपालिकाको बाम, थार्प, रुगा कर्णालीस्थित भट्टेचौरको कर्णाली नदीको घाट बीचमा निमार्णाधीन मोटरेबल पुलको योजना निर्माण सुरु नहुँदै विवादमा पर्दा अलपत्र परेको छ। निर्माण कम्पनी आशिष पृथ्वी जेभीले जिम्मा पाएको उक्त पुल निर्माण योजना निर्माण कम्पनीले काम सुरु गरेको भन्दै योजनाको एक करोड ९० लाख ९२ हजार रुपियाँ लगिसकेको छ। 

भौतिक तथा पूर्वाधार विकास कार्यालय मुगुकाअनुसार साबिकको जिल्ला विकास समिति र आशिष पृथ्वी जेभी सुकेधारा काठमाडौँबीच आर्थिक वर्ष २०७२/७३ को वैशाखमा भेट्टेचौर कर्णालीमा मोटरेबल पुल निर्माणका लागि कृषि सडक विभागको लगानी र जिल्ला प्राविधिक कार्यालय मुगुको सहजीकरणमा आठ करोड १९ लाख ८२ हजार ९०२ रुपियाँ ३३ पैसामा सम्पन्न गर्ने गरी सम्झौता भएको थियो।

कार्यालय प्रमुख योगेन्द्र धरलाले भट्टेचौर कर्णाली मोटेबल पुल निर्माण गर्नका लागि निर्माण कम्पनीले चार वर्षको सम्झौता गरेको रहेछ तर योजना निर्माण कार्य अहिलेसम्म अगाडि बढ्न सकेको छैन।  प्रमुख धरालाले निर्माण कम्पनीले २६ लाख ९२ हजार रुपियाँको बिल रनिङ र एक करोड ६४ लाख रुपियाँ पेस्कीबापत रकम लिएको देखिन्छ। उहाँका अनुसार कर्णाली मोटरेबल पुल निर्माणका लागि गैरस्थानीय सामग्री र स्थानीय सामग्री खरिदलगायतको प्रयोजनका लागि रकम निकासा भएको छ। उक्त बजेटबाट पुलको कुनै पनि संरचनाको कार्य अगाडि बढेको देखिन्न। 

कार्यालयमा रहेको अभिलेखअनुसार आशिष पृथ्वी जेभीले ‘साइटको एवुटमेन्ट’ निर्माण कार्य अगाडि बढाउँदा समस्या देखिएकोले भूगर्भविद्को अनुगमन र प्रतिवेदनका आधारमा डिजाइन परिवर्तन गरी काम अगाडि बढाउन निर्देशन दिइए पनि निर्माण कम्पनीले परिमार्जित डिजाइनमा असहमति जनाएर काममा नफर्किएको हो। उहाँका अनुसार निर्माण कम्पनीले काम बीचमै छाडेर नेपाल काउन्सिल अफ आर्बिटेसन काठमाडौँ (मध्यस्थता परिषद्मा) मुद्दा दायर गरेको छ।

आशिष पृथ्वी जेभीका सञ्चालक केशव दाहालले साबिकको जिल्ला प्राविधिक कार्यालयले सम्बन्धित स्थलको भूगर्भविद्बाट अध्ययन गरी कर्णाली मोटरेबल पुल निर्माणको डिजाइन स्टिमेटको काम सञ्चालन गर्दा उक्त निर्माण कार्यमा समस्या आएपछि पुनः भूगर्भविद्बाट अध्ययन भएपछि पुनः परिवर्तित डिजाइनबाट काम गर्नु भन्ने परिपत्र आएलगत्तै जिल्ला समन्वय समितिलाई नयाँ डिजाइन स्टिमेटअनुसार कार्य स्थलमा लगाइदिन प्राविधिक उपलब्ध गराइ पाउँ भनी पटक–पटक पत्रचार गरिएको थियो तर पनि प्राविधिक उपलब्ध नभएपछि उक्त पुलको जिम्मेवारीबाट बाहिरिन आशिष पृथ्वी जेभीले नेपाल काउन्सिल अफ आर्बिटेसन काठमाडौँ (मध्यस्थता परिषद्मा) मुद्दा दायर गरेको बताउनुभयो।

भौतिक तथा पूर्वाधार विकास कार्यालयका लेखा प्रमुख रमेश बुढाले साबिकको कार्यालयले राखेको लेखा अभिलेखमा महालेखा नियन्त्रण कार्यालयले कुनै बेरुजु नदेखाएको बताउनुभयो। नागरिक समाजका संयोजक रूपबहादुर मल्लले निर्माणको जिम्मा पाएको निर्माण कम्पनी सम्पर्कमा नआउँदा पनि सम्बन्धित पक्षले खोजी नगरेको आरोप लगाउनुभयो। उहाँले भन्नुभयो, “सर्वसाधारणलाई समस्यामा पारेर निर्माण कम्पनीलाई छुट दिने काम भएको छ। यस्ता समस्यालाई सम्बोधन हुने गरी नेपाल काउन्सिल अफ आर्बिटेसन काठमाडौँले निर्णय गर्नुपर्छ।”    

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर