नेभिगेसन मेनु

महँगो परम्परागत पहिरन ‘पुँको’
सम्पादक:南亚网络电视
समय:2023-01-29 13:35

Untitled-1 (2)

हुम्ला, माघ १५ गते । जिल्लामा लामा समुदायका महिलाले परम्परादेखि नै लगाउने बक्खु ‘पुँको’ मूल्य साढे एक लाख रुपियाँसम्म पर्ने गरेको छ । चाडपर्व र मेलापातमा महिलाले अनिवार्य गलाउने उक्त पोसाक निक्कै मेहनत गरी तयार गर्नुपर्ने भएका कारण मूल्य महँगो पर्ने गरेको हो । 

सिमकोट गाउँपालिका–३ क छपाल लामाले विशेष अवसरमा महिलाले लगाउने बक्खु ‘पुँको’ मूल्य एक लाख साठी हजारसम्म पर्ने बताउनुभयो । उहाँले उक्त पोसाक यसरी महँगो पर्नुका कारण ऊनको धागो तयार पारेर पाखी बुन्ने, रङ्ग लगाउने, सिलाउने, बक्खुको बाहुलामा सानो टु्क्रा बाघको छालासमेत राखिने भएका कारण भएको बताउनुभयो । लामा समुदायका महिलाले आफ्नो आर्थिक हैसियतअनुसार यी बक्खु तयार गर्ने वा खरिद गर्ने गर्नुहुन्छ । उहाँले कम मूल्यको बक्खुको ६० हजार रुपियाँ पर्ने बताउँदै महिलाले लामा समुदायले मनाउने माने, लोसार, रलिङ मेला, विशेष पाहुना गाउँमा आउँदा स्वागत सत्कारका बेला लगाउने गरिन्छ । 

सो समुदायका महिला प्रत्येकसँग एउटा बक्खु हुने गर्छ । पछिल्लो समय गाउँघरमा यसको संरक्षण भइरहेको भए पनि सहर बजारमा बस्ने लामा समुदायका महिलाले समेत यसको व्यवस्था गर्दै आउनुभएको छ । महिलाको पोसाक तयार पार्नका लागि पुरुषले आर्थिक सहयोग गर्दै आएका छन् । यो लामा समुदायको परम्परागत पहिरन हो ।   

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर