नेभिगेसन मेनु

ब्राजिलको राष्ट्रपति भवन, संसद र सर्वोच्च अदालतमा पूर्वराष्ट्रपति बोल्सोनारोका समर्थकद्वारा आक्रमण
सम्पादक:南亚网络电视
समय:2023-01-09 11:50

PIX52ZX7VNPWLDLYVOG4G5ETOI

ब्राजिलमा चुनाव हारेका पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले वितण्डा मच्चाएका छन्।

बिबीसीका अनुसार उग्र बनेका समर्थकहरूले राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालतमा छिरेर तोडफोड र आजगनी गरेका छन्।

प्रदर्शनकारीले राष्ट्रपति र प्रधानमन्त्री निवास कब्जा गर्न कोसिस गरिरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

अक्टोबरमा भएको चुनावमा वामपन्थी नेता लुइज इनासियो लुला दा सिल्भासँग बोल्सोनारो पराजित भएका थिए। लामो समय चुनावी परिणाम अस्वीकार गरेका उनी सर्वोच्चले चुनावलाई वैध ठहर गरेसँगै अमेरिका गएका थिए। उनी सत्ता हस्तान्तरण समारोहमा पनि सहभागि भएनन् । अहिले उनै पराजित बोल्सोनारोका समर्थकले राजधानीमा हंगामा मच्याएका हुन् ।

ब्राजिलको फुटबल टिमको जर्सी लगाएका हजारौं प्रदर्शनकारी हातमा झण्डा लिएर संसदमा प्रवेश गरेका थिए। केही व्यक्तिहरू सभामुखको कुर्सीमा चढेर प्रदर्शन गरिरहेका थिए।

केही प्रदर्शनकारीहरूले संसदको छतमा चढेर झ्यालका सिसा तोडेका थिए।

त्भबअजभ्कभधबलष्अ

भीषण झडपपछि प्रहरीले आइतबार साँझ राजधानी ब्रासिलियाका महत्वपूर्ण भवनहरू आफ्नो नियन्त्रणमा लिएको थियो।

राष्ट्रपति लुला दा सिल्भाले यसलाई ‘फासिस्ट आक्रमण’ भनेका छन् ।

राष्ट्रपति लुलाले यो खालको गतिविधि आतंककारी गतिविधि भएकाले संलग्नहरुलाई कारबाही गर्ने चेतावनीसमेत दिएका छन्।

ब्राजिलमा आइतवार भएको हिंसाले जनवरी ६, २०२१ मा अमेरिकी राष्ट्रपति भवनमा भएको यस्तै झडपको सम्झना दिएको छ। त्यसबेला डोनाल्ड ट्रम्पका समर्थकहरूले भवनमा आक्रमण गरेका थिए ।

अमेरिकी राष्ट्रपति जो बाइडेन, क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडो र राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसलगायत हिंसाको निन्दा गरेका छन् ।

यसैबीच देशका न्याय मन्त्री फ्लाभियो डिनोले अहिलेसम्म २०० जनालाई पक्राउ गरिएको जानकारी दिएका छन्।

ब्राजिलका राष्ट्रपति लुला डा सिल्भाका एक क्याबिनेट मन्त्रीले आइतवार प्रमुख भवनहरूमा भएको हिंसामा संलग्नहरूले राष्ट्रपति निवासबाट हतियार लिएर गएको दाबी गरेका छन्।

सञ्चारमन्त्री पालो पिमेन्टाले ट्वीटरमार्फत भिडियो पोस्ट गर्दै कार्यालयको कोठामा रहेका प्रत्येक ब्रीफकेसमा घातक र गैर(घातक हतियारहरू अपराधीहरूले चोरेर लगेको दाबी गरे।

यद्यपि, ब्राजिल सरकारले आइतबार राष्ट्रपति निवास, संसद र सर्वोच्च अदालतमा आक्रमण गर्ने पूर्व राष्ट्रपति जैर बोल्सोनारोका समर्थकहरूले कति हतियार चोरेका थिए भनेर भनेनन्।

प्रहरीले अनुसन्धान गरिरहेको छ।

3MU6EFTM2NJ3ZGRAMBDGOUVFIU

V55CVVYGTNJ4FN6ZOXGXIVNQDM

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर