नेभिगेसन मेनु

पाकिस्तानी प्रधानमन्त्री पुत्र सुलेमानबारे अनुसन्धान जारी राख्न अदालतको आदेश
सम्पादक:南亚网络电视
समय:2022-12-25 15:31

Suleman_Shahbaz

पाकिस्तानको राष्ट्रिय जवाफदेही ब्यूरो ९एनएबी० को लाहोरस्थित एक अदालतले सुलेमान शहबाजलाई सम्पत्ती शुद्धिकरण मुद्दाको अनुसन्धानमा सामेल गर्न निर्देशन दिएको छ ।

अदालतले उनलाई अनुसन्धानमा संलग्न हुन पनि आदेश दिएको छ । शहबाजले एफआईए र अनुसन्धान अधिकारीहरूलाई पक्षकारको रूपमा उल्लेख गर्दै अदालतमा जमानत याचिका दायर गरेका थिए ।

सुलेमानले निवेदनमा भनेका थिए, “अदालतले फरार घोषित गर्नु अघि कानुनी प्रक्रियाहरू पूरा गर्नु आवश्यक छ ।” सुलेमानले आफूलाई एफआईएले आधारहीन रूपमा सम्पत्ती शुद्धिकरण मामलामा नाम लिएको, आफुलाई अदालती सुनवाईको कुनै पनि सूचना प्राप्त नगराइएको र जानकारी बिना फरार घोषित गरिएको दावी गर्दै निवेदन दिएका थिए ।

सुनुवाइका क्रममा न्यायाधीशले सुलेमानको कम्प्युटरमा रेकर्ड रहेको राष्ट्रिय परिचय पत्र ९सीएनआईसी० को माग गरेका थिए । यसको जवाफमा उनले आफूसँग अहिले उक्त प्रकृतिको राष्ट्रिय परिचय पत्र नभएको बताएका थिए ।

यद्यपि, उनले अदालतले मागेका कागजातलाई अर्को सुनुवाइमा ल्याउने सुनिश्चित गर्नुभएको द न्यूज इन्टरनेसनलले रिपोर्ट गरेको छ । अदालतले पछि उहाँलाई जनवरी ७ सम्मका लागि अन्तरिम जमानत दिएको हो ।

प्रधानमन्त्रीका छोराले गत महिना आफ्नो आत्मनिर्वासन अन्त्य गर्दै आफूविरुद्धको मुद्दाको सामना गर्ने घोषणा गरेका थिए । सन् २०१९ को अक्टोबरमा जवाफदेही अदालतले सुलेमानलाई भगोडा अपराधी घोषणा गरेको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर