नेभिगेसन मेनु

चीन: नेपालको नयाँ सरकारसँग बीआरआईबारे नयाँ ढंगले अघि बढ्न तयार छौं
सम्पादक:南亚网络电视
समय:2022-12-27 12:04

Mao-Ning

काठमाडौं, पुस १२। चीनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारसँग सहकार्य गर्न तयार रहेको बताएको छ। चीनको परराष्ट्र मन्त्रालयकी प्रवक्ता माओ मिङले नियमित पत्रकार सम्मेलनमा चीनले नेपालसँग बेल्ट एण्ड रोड इनिशियटिभलाई नयाँ ढंगले अगाडि बढाउन तयार रहेको बताइन्। परम्परागत रुपमा नेपाल–चीन छिमेकी भएको नाताले चीनले नेपालसँगको सम्बन्धलाई गहिरो महत्व दिने बताइन्।

‘हामी नेपालमा सहज ढंगले आम निर्वाचन सफल भएको बारेमा जानकार छौं। प्रचण्डलाई नेपालको नयाँ प्रधानमन्त्री नियुक्ति भएकोमा हार्दिक बधाई छ । नेपाल सरकार, नागरिकको साझा प्रयास, विभिन्न राजनीतिक दल र शक्तिहरूको परामर्श र समन्वयबाट नेपालमा स्थायित्व र दिगो सामाजिक आर्थिक विकास हुने विश्वास चीनको छ,’ प्रवक्ता माओले भनेकी छिन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर