नेभिगेसन मेनु

महोत्तरी र धनुषामा छोरी शिक्षा बिमा कार्यक्रम
सम्पादक:南亚网络电视
समय:2022-12-23 17:58

1671788524_chori edu-1200x560

बिहीबार महोत्तरी र धनुषा जिल्लाका दलित तथा सीमान्तकृत बस्तीहरूमा ‘छोरीहरू शिक्षा बिमा जागरूक सचेतना कार्यक्रम’को आयोजना गरिएको छ।  मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ अभियान’ अन्तर्गत मधेस प्रदेश  सरकारको सामाजिक विकास मन्त्रालयले, युरोपियन युनियन र युनिसेफको साझेदारीमा ‘पहिलो चरण’ अन्तर्गत मधेस प्रदेशको आठ  जिल्लामा सचेतनाका कार्यक्रम आयोजना लागु गरेको छ ।  

मधेस प्रदेश शिक्षा विकास निर्देशनालयका निर्देशक चुडामणि फुयाँले छोराहरूको तुलनामा छोरीहरूको शिक्षामा पहुँच नपुग्नुका साथै कम उमेरमै परिवारले बिहे गरेर पठाउनाले छोरीहरूले विभिन्न शारीरिक तथा मानसिक समस्याहरू झेल्नुपरेको जनाउँदै यो कार्यक्रम ल्याएको बताए।‘यो अभियानले छोरीहरूको शिक्षामा पहुँच बढाउँदै उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बन्न मद्दत पुर्‍याउँछ, ’ निर्देशक फुयाँले भने ‘ वाल विवाह रोक्न पनि यो अभियानले भूमिका खेल्ने  सरकारको विश्वास छ।’ कार्यक्रममा उपस्थित सहभागीहरूलाई यस कार्यक्रम बारे जानकारी दिनुका साथै, कसरी फारम भर्ने, फारम भर्दा चाहिने आवश्यक कागजातहरू र फारम भर्न समस्या भएको खण्डमा वडा कार्यालयहरूले सहयोग गर्नेबारे पनि जानकारी दिइएको थियो। 

मुख्यमन्त्री बेटी पढाऊ बेटी बचाऊ कार्यक्रमको निरन्तरता स्वरूप मधेस प्रदेश सामाजिक विकास मन्त्रालयले मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ अभियान कार्यक्रम सञ्चालन कार्यविधि, २०७८ आए सँगै कार्यविधिले निर्देशन गरे अनरुप २०७८ साल माघ १ गते देखि जन्म भएका छोरीहरूलाई लक्षित गरी ‘छोरी शिक्षा बिमा÷मुद्धति बचत कार्यक्रम ल्याएको युनिसेफले जारी गरेको विज्ञप्तिमा छ।यो कार्यक्रम अन्तर्गत बिमा गर्ने बित्तिकै  ३७ हजार ५ सय ५७ बालिकाको खातामा जम्मा गरिनेछ।

२० वर्ष उमेर पुगेपछि बीमीत बालिकाले ३ लाख रुपैयाँ पाउने विज्ञप्तिमा उल्लेख छ।  तर यो रकम पाउनका लागि भने केही सर्तहरू पुरा गर्नुपर्ने हुन्छ। बीमित बालिकाले एसइई पास गरेको र २० वर्ष सम्म बिहे नगरेको हुनुपर्ने छ। बीमित बालिकाको अकालमै मृत्यु भएको खण्डमा भने सबै कानुनी प्रक्रिया पुगेपछि मृत्यु भएको साल जति रकम जम्मा भएको छ त्यति रकम बीमितको परिवारले पाउने छन्।  युनिसेफ नेपालका सामाजिक नीति अधिकृत चिजा भण्डारीले ‘छोरी शिक्षा बिमा÷मुद्धति बचत कार्यक्रम’ मार्फत पोषण, स्वास्थ्य शिक्षा, खानेपानी तथा सरसफाइ जस्ता अरू धेरै क्षेत्रहरू पनि सँगै लान सकिने सम्भावना रहेको र यसले गर्दा छोरीको समग्र विकासमा टेवा पुग्ने बताइन्। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर