नेभिगेसन मेनु

अत्यधिक चिसोका कारण विद्यालय जाने छाडे विद्यार्थी
सम्पादक:南亚网络电视
समय:2022-12-30 12:27

Cold_fire_1672368147

प्रतिकात्मक तस्बिर

महोत्तरी– चिसो बढेपछि महोत्तरीमा विद्यार्थी घरमै बस्न थालेका छन्। अत्यधिक चिसोका कारण अधिकांश विद्यालयमा विद्यार्थी संख्या ह्वात्तै घटेको छ। ३ दिनयता जिल्लाका सबैजसो भेगमा दिनभरि नै बाक्लो हुस्सु लागेर सिरेटो लगातार बढ्न थालेपछि स–साना बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै जाडो बिदा दिन थालिएको छ।

मनराशिशवा नगरपालिकाले नगर क्षेत्रका सबै विद्यालयमा जाडो बिदा दिएको छ। ‘घाम नदेखिएको तीन दिन भइसक्यो, दिनभरि चिसो स्याँठ चल्छ,’ मनराशिशवाका प्रमुख मोहन पाण्डेले भने। शुक्रबारसम्म बिदा दिइएको छ। नगरपालिकामा आधारभूत र मावि तहका गरी १६ विद्यालय छन्।

ःभनब द्यबलप

ल्बदबष् िद्यबलप

जिल्लाका अन्य १४ स्थानीय तहका विद्यालयमा पनि अधिकांश विद्यार्थी चिसोका कारण विद्यालय आउन छाडेका छन्। केही दिनयता विद्यार्थीको उपस्थिति ह्वात्तै घटेको छ। मौसममा सुधार नभए केही दिन बिदा दिने तयारी भएको सो नगरपालिकाका प्रमुख सञ्जीवकुमार साहले बताए। मनराशिशवा नगरपालिकाले बस्तीबस्तीका चोकमा दाउराको व्यवस्था गरेको छ।

क्ष्ःभ्

ब्नलष्

यसैगरी मटिहानी नगरपालिकाले नौवटै वडाका बस्तीमा ‘सुनौलो हजार दिन’ ९गर्भवती अवस्थादेखि शिशु स्याहारसम्म चरणको अभियानमा आबद्ध० आमालाई पोषिलो आहारसहितको झोला वितरण सुरु गरेको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर