नेभिगेसन मेनु

महिलाले उच्च शिक्षा लिन नपाउने तालिबानको निर्णय सच्याउन अपिल
सम्पादक:南亚网络电视
समय:2022-12-22 17:34

Afgan Women Burqa1651935757

काठमाडौं । तालिबान सरकारले अफगानिस्तानका महिला तथा किशोरीलाई विश्वविद्यालय जान प्रतिबन्ध गरेको विषयको विरोध भइरहेका बेला संयुक्त राष्ट्रसंघीय एक अधिकारीले सो निर्णय सच्याउन आग्रह गरेका छन् । संयुक्त राष्ट्रसंघीय वुमन ९यूएन वुमन०का कार्यकारी निर्देशक सीमा बहाउसले सो आग्रह गरेकी हुन् ।

उनले भनेकी छन्, “अफगानिस्तानको तालिबान सरकारले गरेको यो निर्णय तुरुन्त सच्याउनुपर्छ र उसका कारणले महिलाले अधिकार नपाउने अवस्थाको तत्कालै अन्त्य हुनुपर्छ । शिक्षामा महिलाको पनि समान अधिकार रहेकाले त्यसको सबैले सम्मान गर्नुपर्छ ।”


त्यहाँको सरकारका शिक्षामन्त्रीले यसै हप्ता तालिबान सरकारले सो निर्णय गरेको बताएका थिए । अफगानिस्तानका किशोरी तथा महिलालाई विश्वविद्यालय जानबाट प्रतिबन्धित गरेको घटनाको सबैतिर विरोध भएको छ ।

दुई वर्षअघि अफगानिस्तानमा तालिबानको शासन सुरु भएपछि त्यहाँका महिलाको अधिकार खोसिएको छ । उनीहरूलाई धेरै सार्वजनिकस्थल र कार्यमा प्रतिबन्ध लगाएको छ । पछिल्लो समयमा उनीहरू विश्वविद्यालय पनि जान नपाउने गरी प्रतिबन्ध लगाइएको बताइएको छ ।


तालिबानले त्यहाँ महिला अधिकारको हनन गरिरहेकाले संयुक्त राष्ट्रसंघीय सभा तथा बैठकहरूमा यस्ता विषयमा कुरा उठाउनुपर्ने धारणा पनि राखिएको छ । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर