नेभिगेसन मेनु

इरानमा महिलामाथि चरम ज्यादती, निजी अंग र मुहारमा ‘टार्गेट’ गर्दै गोली प्रहार
सम्पादक:南亚网络电视
समय:2022-12-10 17:19

 

 

iran-1

काठमाडौं । इरानमा जारी ‘एन्टी हिजाब’ प्रदर्शनलाई दबाउनका निमित्त इरान सुरक्षाबलले महिलाहरुमाथि चरम ज्यादती गरेको खुलासा भएको छ । प्रदर्शनमा संलग्न भएका महिलाहरुको निजी अंग, वक्षस्थल तथा मुहारमा ‘टार्गेट’ गर्दै गोली प्रहार गरिएको अन्तर्राष्टिय संचारमाध्यमहरुको दाबी छ ।

उपचारमा संलग्नन चिकित्सकलाई उध्रदत गर्दै ‘द गार्जियन’ले जनाए अनुसार अधिकांश घाइते महिलाहरुको मुहार , वक्षस्थल र निजी अंगमा गम्भीर चोट देखिएको छ भने घाइते पुरुषहरुको सन्र्दभमा भने खुट्टा र ढाडमा अधिक चोट पटक देखिएको छ ।

सुरक्षाबलले महिलाहरुको शाररिक सुन्दरता सिध्याउनका निमित्त यस किसमको पहल गरेको हुन सक्ने मध्य इस्फाहान प्रान्त एक चिकित्सकको दाबी छ ।

‘मैले २० वर्षकी केटीको उपचार गरेको छु। दश सुरक्षाकर्मीले उनको तिघ्रा र गुप्तांगमा गोली प्रहार गरेका थिए । उनको तिघ्राको भित्री भागमा १० वटा छर्राहरू पसेका थिए भने २ वटा छर्रा उनको गुप्तांगमा पसेको थियो। तिघ्रामा राखिएका १०वटा गोली सजिलै निकालिए तर बाँकी दुई वटा निकाल्न निकै गाह्रो थियो। त्यहाँ संक्रमणको जोखिम पनि थियो त्यसैले मैले उनलाई स्त्री रोग विशेषज्ञलाई रेफर गरेँ। ’चिकित्सकको भनाई छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर