नेभिगेसन मेनु

पहिलो युनान–नेपाल शहरी फोहोर र हरित अर्थतन्त्र उद्योग प्रविधिआदानप्रदान कार्यक्रम भर्चुअल मार्फत सम्पन्न
सम्पादक:南亚网络电视
समय:2022-12-10 16:23

合影1

काठमाडौं, मंसिर २४

चिनको युनान प्रान्तका वाणिज्यका प्रतिनिधि र नेपाल ऊर्जा, वातावरण केन्द्र विच शुक्रबार दरबार मार्गको एक होटलमा भर्चुअल कार्यक्रम मार्फत हरित अर्थतन्त्रमा आधारित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा काठमाडौंको फोहोर व्यवस्थापनमा समस्या बढ्दै गएकाले सहरी क्षेत्रको जनस्वास्थ्यमा गम्भीर असर परेको र भविष्यमा यसलाई कसरी समाधनगर्न सकिन्ने भन्ने विषयमा केन्द्रित रहेको थियो।

Screenshot_5

नेपालमा केही पूर्वाधार निर्माण ढिला सुस्तीका कारण पछिल्लो वर्षदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुन नसक्नु र अहिले सडकमा फोहोर छरिएको पाइएकाले भोलिका दिनमा त्यसले धेरै सुरक्षा खतराहरू निम्त्याउन सकिने ग्रामीण ऊर्जा व्यवस्थापनका प्रमुख तथा युआन प्रान्तका ग्रामिन कृषि विभागका प्रमुख याङ सोङले बताए। चीन र नेपाल दाजु भाइ मात्र नभई सहरी फोहोर व्यवस्थापनमा पनि प्राविधिक ज्ञान आदानप्रदान गर्न सकिने उनले बताए। यस फोरम मार्फत सहरी क्षेत्रको फोहोर प्रशोधनका लागि केही सम्भाव्यता अनुसन्धान गरेर समाधान गर्न सकिए नेपाली जनताको जीवन स्तरमा सुधार ल्याउन सकिने विश्वासलिएको उनको भनाई थियो। दुई देशबीचको मित्रताको लामो इतिहास रहेको र नेपालको विभिन्न सामाजिक कार्यमा चिनले सधै सहयोग गर्दै आएको उनले स्मरण गराए।

चीनका सबै छिमेकी देशहरूबीच समान व्यवहार, मैत्रीपूर्ण सहयोग र पारस्परिक सम्बन्ध रहेको उनले बताए। युनानमा उत्पादन भएका वस्तुहरू नेपालमा परिचय गराउन यस अघि विभिन्न कार्यक्रमहरू आयोजना गर्दै आएको उनले बताए। यस कार्यक्रमको माध्यमबाट, हामी दुवै पक्षका ऊर्जा अनुसन्धान संस्थाहरू बीच सम्पर्क र सहयोग स्थापित गर्ने आशा लिएका छौं।’ उनले भने।’

微信截图_20221210135933

त्यसैगरी युनान अर्बन एण्ड ग्रामीण प्लानिङएण्ड डिजाइन इन्स्टिच्युटको इको—इन्भारोमेन्टल रिसर्च सेन्टरका प्रमुख याङलिङ्फेईले नेपालका प्रमुख शहरहरूमा चिनियाँ अनुभवका आधारमा नेपालमा शहरी फोहोरको सङ्कलन र वर्गीकरण गर्न सुझाव दिएकी थिइन्। कार्यक्रममा फोहोर व्यवस्थापन गर्न व्यावहारिक शहरी ठोस फोहोर पुनः प्रयोग कसरी गर्न सकिन्छ भन्नेप्रस्ताव उनले राखेकी थिइन्। वातावरणीय समस्याहरू साथै नेपालको अर्थतन्त्रको वर्तमान अवस्थालाई मध्यनजर गर्दै उनले सान्दर्भिक नीति प्रणाली स्थापना गर्न सहयोगी नीति ल्याउन नेपाल सरकारलाई आग्रह गरेका थिइन।教授1

ग्रामीण क्षेत्रमा उर्जाको अति आवश्यकता भएको नेपाल ऊर्जा तथा वातावरण केन्द्रका अध्यक्ष कृष्णराज श्रेष्ठले बताए। केन्द्रले जैविक अवशेष र कृषि तथा वनजन्य फोहोरबाट कोइला निमार्ण गरेको र जुन घरायसी तथा औद्योगिक उत्पादनमा सम्भाव्यता सहितको नयाँ प्रकारको वैकल्पिक इन्धन मानिएको उनले बताए। काठमाडौं नजिकैका माटोका शिल्प भट्टामा यो इन्धन प्रवद्र्धन गर्न विभिन्न पक्षसँग सहकार्य गरेको बताए। यस इन्धनले परम्परागत इन्धनको प्रयोगलाई पूर्णरूपमा विस्थापन गर्नसक्ने प्रमाणित भइसकेको र बजारमा यस इन्धनको अत्याधिक माग रहेको उनको भनाई छ। नेपाल ऊर्जा तथा वातावरण केन्द्र एक गैरनाफामूलक गैरसरकारी संस्था हो, उनले भने, जुन आर्थिक रूपमा सम्भाव्य र वातावरणीय रूपमा सम्भावित प्रविधिको विकास र प्रवद्र्धनमा समर्पित छ।’

IMG_7725

नेपाल जस्ता एसियाका अति कम विकसित देशहरूमा फोहोर व्यवस्थापनले वातावरणीय कठिनाइहरू निम्त्याइरहेको नेपाल ऊर्जा र वातावरण केन्द्र नेपालका उपाध्यक्ष रमेशमान सिहंले बताए। यस समस्या सामाधानका लागि चिन सरकारसँग छलफल र थप ज्ञानलिन पाउँदा हर्षित भएको उनको भनाई थियो। फोहोरको उच्चित व्यवस्थापन नहुदा हावा, जमिन र पानीको गुणस्तर आदिलाई प्रदूषित गरेको उनले बताए। नेपालको भक्तपुरमा रहेको माटोको भाटामा ‘आरडीएफ’ ब्रिकेट्सको सफल उत्पादन र परीक्षणले इँटा र सिमेन्ट उद्योगहरूमा अन्य इन्धनहरू प्रतिस्थापन गर्न प्रोत्साहित गरेको उनले बताए। नेपालमा सहरी फोहोरको विसर्जनका लागि चिनियाँ विज्ञहरूले दिएको अमूल्य राय प्रति आभार व्यक्त गर्छु। उनले भने, भोलिका दिनमा चीनसँग थप आदानप्रदान र सहयोगको अपेक्षा राखेका छु।’

IMG_7852

२०२० मा विश्व बैंकले सार्वजनिक गरेको एक रिपोर्ट अनुसार नेपालको शहरी क्षेत्रबाट दैनिक ४ हजार ९ सय टन फोहोर उत्पादन हुने देखाएको छ। त्यसैगरी ६०० टन प्लास्टिक फोहोर उत्पादन हुने गर्दछ। यो भनेको वर्षकोकरिब १.८ मिलियन टन फोहोर उत्पादन हुने गरेको छ। जसमा ५६ प्रतिशत जैविक फोहोर, १६ प्रतिशत शिसा, १३प्रतिशत प्लास्टिक र ८ प्रतिशत कागजको फोहोर उत्पादन हुने गरेको छ। जसमा आधा फोहोर मात्र संकलन हुने अनुमान गरिएको छ भनेबाँकी शहरी वा प्राकृतिक वातावरणमा प्रशोधन नगरी नै फ्याँकिने गरेको अध्ययनले देखाएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर