नेभिगेसन मेनु

सत्ता साझेदार दलको बैठक बस्दै, मन्त्रिपरिषद् विस्तारबारे छलफल हुने
सम्पादक:南亚网络电视
समय:2023-01-12 12:48

sattasajhedar-dal_20230112093520

काठमाडौं : सत्ता साझेदार दलको बैठक आज दिउँसो बस्ने भएको छ। सरकारले विश्वासको मत पाएसँगै सत्तारुढ दलहरूबीच मन्त्रिपरिषद् विस्तार र मन्त्रालय बाँडफाँडको विषयमा छलफल गर्न दिउँसो ३ बजे बालुवाटारमा बैठक बोलाइएको हो।

बालकोटको बैठकले प्रधानमन्त्री माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई बनाउने, राष्ट्रपति र सभामुख एमालेलाई दिने सहमति भएपनि अन्य पदमा सहमति जुटाउन बाँकी रहेको छ। बुधबार बेलुका प्रचण्ड र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच पनि न्यूनतम साझा कार्यक्रमका एजेण्डाहरू कार्यान्वय गर्ने र मन्त्रिपरिषद् विस्तार गरेर छिट्टै सरकारलाई पूर्णता दिने विषयमा छलफल भएको थियो। मन्त्रालय भागबण्डासँगै सभामुख, उपसभामुख र राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचनका विषयमा पनि छलफल भएको छ।

प्रधानमन्त्री प्रचण्ड बालकोटबाट निस्किएलगत्तै गृहमन्त्री रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेद्र लिङ्देन बालकोट पुगेका थिए। मन्त्रालय भागण्डाकै विषयमा उनीहरूबीच छलफल भएको स्रोतको भनाइ छ।

गठबन्धनमा धेरै दल सहभागी भएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीलाई तीन मन्त्रालय र राप्रपालाई समेत तीन मन्त्रालय दिने तयारी गरिएको छ। तर लामिछानेले आफ्नो दललाई चार मन्त्रालयसहित उपसभामुख पाउनुपर्ने दाबी गर्दै आएका छन्। 

यता राप्रपा अध्यक्ष लिङ्देनले बागमती प्रदेशमा मुख्यमन्त्री नपाएको भन्दै सरकारमा चार मन्त्रालय दाबी गर्दै आएको छ। यही विषयमा उनीहरूबीच गम्भीर छलफल भएको स्रोतको भनाइ छ। 

प्रचण्डले सात सारथिसहित सरकारको बागडोर सम्हालेका छन्। उनले पहिलो चरणमा आठ सदस्यीय मन्त्रिपरिषद् बनाएका छन्। सारथिमध्ये तीनजना उपप्रधानमन्त्री छन्। जसमा विष्णुप्रसाद पौडेल, नारायणकाजी श्रेष्ठ र रवि लामिछाने छन्। एमालेका पौडेलले अर्थ, माओवादीका श्रेष्ठले भौतिक पूर्वाधार तथा यातायात र रास्वपाका लामिछानेले गृह मन्त्रालयको जिम्मेवारी पाएका छन्। अन्य मन्त्रीमा एमालेबाट ज्वालाकुमारी साह, दामोदर भण्डारी, राजेन्द्रकुमार राई र जनमतबाट अब्दुल खान छन्। उनीहरूलाई मन्त्रालय भने तोकेका छैनन्। 

आजको गठबन्धनको बैठकमा छलफल गरेर शक्तिबाँडफाँडको विषयलाई अन्तिम निर्णय हुनेछ। नयाँ सत्ता समीकरणमा एमाले, माओवादी केन्द्र, रास्वपा, राप्रपा, नाउपा, जनमत छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर