नेभिगेसन मेनु

बाढीका कारण पाकिस्तानको अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढी क्षति
सम्पादक:南亚网络电视
समय:2022-12-07 12:12

pak-floodss-760x500

पाकिस्तानले यस वर्षको विनाशकारी बाढीका कारण अर्थतन्त्रमा ३० अर्ब अमेरिकी डलरभन्दा बढीको नोक्सानी बेहोरेको छ । उक्त क्षति देशको कुल गार्हस्थ्य उत्पादनको १० प्रतिशत रहेको पाकिस्तानी योजना, विकास र विशेष पहल मन्त्री अहसान इकबालले सोमबार उल्लेख गरेका छन् ।

पाकिस्तान जलवायु परिवर्तनको सामना गर्ने सबैभन्दा कमजोर देश हो । बाढीबाट हुने क्षति र नोक्सानी पाकिस्तानको अर्थतन्त्रमा ठूलो बोझ बन्ने गरेको मन्त्रीले सोमबर आयोजित राष्ट्रिय बाढी प्रतिक्रिया केन्द्रको कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

इकबालले सामाजिक सहयोगबाट सरकारले बाढीको सङ्कटबाट अधिकांश आफ्नै स्रोतसाधनले बाहिर उम्कन सफल भएको यद्यपि चुनौती अझै समाप्त नभएको बताउँदै अन्तरराष्ट्रिय समुदाय र परोपकारीहरुलाई बाढीपीडितलाई सहयोग जारी राख्न आग्रह गरेका छन् ।

उनले सरकारले पाकिस्तानलाई जलवायु प्रतिरोधी देश बनाउने खाका तयार पारेको भन्दै अन्तर्राष्ट्रिय समुदायमा पनि यो ढाँचा प्रस्तुत गरिने बताए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर