नेभिगेसन मेनु

इण्डोनेशियामा भूकम्पमा परी कम्तिमा ५६ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2022-11-23 12:01

indo-bhu

इण्डोनेशियाको पश्चिम जाभाको चिआनजोरमा आएको भूकम्पका कारण कम्तीमा ५६ जनाको ज्यान गएको र कम्तीमा ७०० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

उक्त क्षेत्रका एक सरकारी अधिकारीले करिब २० जनाको एउटै अस्पतालमा ज्यान गएको बताए । सयौँ मानिसहरूको उपचार भइरहेको उनले बताए ।

उक्त भूकम्प ५.६ म्याग्निच्युडको भएको र त्यसको कम्पन सय किलोमिटर पर रहेको राजधानी जाकार्तामा समेत अनुभव गरिएको बताइएको छ ।

त्यहाँको व्यापारिक क्षेत्रमा कार्यालयहरूबाट मानिसहरू भागेका थिए । भूकम्पमा परेर हताहत हुनेको सङ्ख्या अझ बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

निजी घरहरू, इस्लामिक बोर्डिङ् स्कूल तथा सरकारी भवनहरूका अतिरिक्त चिआन्जोर अस्पतालमा समेत क्षति पुगेको बताइएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर