नेभिगेसन मेनु

बेलायती राजा-रानीमाथि अण्डा प्रहार गर्ने एक जना पक्राउ
सम्पादक:南亚网络电视
समय:2022-11-11 11:54

योर्क शहरको भ्रमणमा रहेका बेला राजा चार्ल्स  तृतीय र रानी क्यामिलामाथि अण्डा प्रहार भएको छ । राजारानीमाथि अण्डा प्रहार गरेको आरोपमा एक जनालाई पक्राउ गरिएको वासिङटन पोस्टले जनाएको छ ।

राष्ट्राध्यक्षप्रति अण्डा प्रहार गरेको अभियोग पक्राउ परेका व्यक्तिले “यो देश दासको रगतले बनेको हो,” नारा लगाएका थिएभने भीडले “भगवान्ले राजालाई बचाऊन् नारा लगाएको थियो । राजा चाल्र्स नाराबाजीबाट प्रभावित हुनभएन बरू उहाँ ‘फुटपाथ’मा छरिएका अण्डाका वरिपरि घुमिरहनुभयो । राजा चाल्र्स रानी क्यामिलासहित आफ्नी स्वर्गीय आमा रानी एलिजाबेथ द्वितीयको मूर्ति अनावरण गर्न योर्क भ्रमणमा हुनुहुन्थ्यो ।

यसअघि महारानी एलिजाबेथको मृत्यु भएको केही दिनपछि स्कटल्याण्डको एडिनबरामा एक जना प्रदर्शनकारीलाई पक्राउ गरिएको थियो । उनले ‘राजतन्त्रको अन्त्य गर,’ लेखिएको ‘प्लेकार्ड’ बोकेर राजा चाल्र्सको विरोध गरेका थिए । बेलाइतका राजा राज्यको प्रमुख रहेका धेरै स्थानमा यदाकदा राजपरिवार र राजसंस्थाको विरोध भएको छ । सन् १९८६ मा न्युजिल्यान्डको राजकीय भ्रमणमा रहेकाबेला महारानी एलिजाबेथमाथि एक महिलाले अण्डा प्रहार गरेकी थिइन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर