नेभिगेसन मेनु

कोरियामा ह्यालोविन पर्वमा भागदौड हुँदा १४९ जनाको मृत्यु
सम्पादक:南亚网络电视
समय:2022-10-30 12:10

South_Korea_Halloween_Crowd-760x500

दक्षिण कोरियाको राजधानी सिउलमा ह्यालोविन पर्वका अवसरमा भेला भएको एउटा भीडमा भागदौड हुँदा कम्तीमा १ सय ४९ जनाको मृत्यु भएको छ । एउटा महत्त्वपूर्ण बजारमा भएको उक्त भागदौडमा कम्तीमा १५० जना घाइते भएका अधिकारीहरूले बताएका छन् ।

सयौं पसल र पार्टी रहेको इटावोनमा शनिबार राति करिब १ लाखकाे भीड जम्मा भएको थियो । कोभिड प्रतिबन्धका कारण दुई वर्षसम्म हुन नसकेको ह्यालोविन उत्सबमा प्रतिबन्ध फुकुवासँगै यस वर्ष मानिसहरुको ठूलो उपस्थिति रहेको थियो ।

द कोरिया हेराल्डका अनुसार स्थानीय समयअनुसार मध्यरातभन्दा ठीक अघि दर्जनौं मानिस एक होटलनजिकै बेहोस भएका थिए । एक घन्टामै एक सयभन्दा बढी मानिसको मृत्यु भइसकेको थियो । भागदौडबीच केही मानिसहरुलाई ह्दयघात भएको थियो ।

भागदौडमा घाइते हुनेहरुमा अधिकांश २० देखि ३० वर्षका युवतीहरु रहेको प्राप्त विवरणमा जनाइएको छ । भागदौडका कारण ठूलो मानवीय क्षति भइरहदाँ घटनास्थलमा १ सय ४० भन्दा बढी एम्बुलेन्स परिचालन गरिएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर