नेभिगेसन मेनु

चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन बेइजिङमा सुरु
सम्पादक:南亚网络电视
समय:2022-10-16 12:22

thumb (1)

चिनियाँ कम्युनिस्ट पार्टीको बीसौँ महाधिवेशन आइतबारदेखि बेइजिङ समयअनुसार बिहान १० बजे ग्रेट हल अफ द पिपुल्समा सुरू भएको छ। पार्टी महासचिव एवं राष्ट्रपति सी चिनफिङले १९औं केन्द्रीय समितिको तर्फबाट महाधिवेशन समक्ष कार्यप्रतिवेदन प्रस्तुत गरेका छन् ।

उनले भने, ‘चिनियाँ कम्युनिष्ट पार्टीको १८औं महाधिवेशनको १० वर्षमा तीन प्रमुख घटनाहरूको अनुभव गरिएको छ, जुन पार्टी र जनताको लागि महत्त्वपूर्ण छ । पहिलो, चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको शतवार्षिक, दोस्रो चिनियाँ विशेषतायुक्त समाजवादको नयाँ युगमा प्रवेश र तेस्रो गरीबी निवारण ।’

सीका अनुसार पहिलो शताब्दी संघर्षको शताब्दी हो । यो ऐतिहासिक जीत चिनियाँ कम्युनिस्ट पार्टी र चिनियाँ जनताको ऐतिहासिक जीत भएको बताउँदै उनले चिनियाँ राष्ट्रको विकास मात्रै नभएर विश्वका लागि गहिरो प्रभावको ऐतिहासिक जीत भएको बताए ।

महाधिवेशन जारी रहँदा चिनियाँ कम्युनिस्ट पार्टीका प्रतिनिधिहरू तथा विशेष प्रतिनिधिहरू गरी करीब २३ सयभन्दा बढी प्रतिनिधि सहभागी छन् भने कम्युनिस्ट पार्टी र अन्य शुभेच्छुक दलका व्यक्तिहरू पनि सहभागी छन् । महाधिवेशन अक्टोबर २२ तारिखसम्म चल्ने जनाइएको छ ।

यो समाचार तयार पार्दासम्म महासचिव सीले कार्यप्रतिवेदन प्रस्तुत गरिरहेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर