नेभिगेसन मेनु

संयुक्त राष्ट्रसंघीय महासभाले गर्‍यो युक्रेनी भूभागमाथि रुसी कब्जाको भर्त्सना
सम्पादक:南亚网络电视
समय:2022-10-14 14:45

thumb (6)

संयुक्त राष्ट्र संघ महासभाले युक्रेनका ४ क्षेत्र गाभ्ने रुसी प्रयासको आलोचना गरेको छ । बुधबार महासभामा भएको मतदानमा नेपालसहित १४३ देशले रुसी कदमको निन्दा गर्ने संकल्प प्रस्तावमा मतदान गरेका हुन् । चीन, भारतलगायतका ३५ देश भने मतदानमा अनुपस्थित रहेका थिए ।

रुससहित बेलारुस, उत्तर कोरिया, सिरिया र निकारागुवाले भने प्रस्तावको विपक्षमा मतदान गरेका थिए । दक्षिण एसियाली मुलुकमध्ये अफगानिस्तान, बांग्लादेश, मालदिभ्स र भुटानले रुसी कदमको भर्त्सना गरेका छन् भने श्रीलंका र पाकिस्तान पनि मतदानमा अनुपस्थित भएका थिए ।

मतदान सांकेतिक भए पनि युक्रेनमाथि आक्रमण सुरु भएयता रुसविरुद्ध सबैभन्दा बढी मत परेको बीबीसीले जनाएको छ । गत हप्ता राजधानी मस्कोमा आयोजित कार्यक्रममा रुसी राष्ट्रपति पुटिनले लुहान्स्क, दोनेत्स्क, जापोरिजिया र खेर्सन क्षेत्र रुसमा गाभिएको घोषणा गरेका थिए ।

पुटिनले चारवटा क्षेत्र रुसी महासंघको नयाँ क्षेत्र भएको दाबी गरेका थिए । त्यस क्षेत्रमा बसोबास गर्ने दसौं लाख मानिसको चाहनामा त्यस्तो निर्णय गरेको उनको भनाइ छ । 'परिणाम सबैलाई राम्रोसँग जानकारी छ,' पुटिनले भने, 'जनताले आफ्नो चाहना व्यक्त गरेका छन् ।'

बुधबार महासभाबाट अत्यधिक बहुमतले पारित भएको संकल्प प्रस्तावमा अन्तर्राष्ट्रिय समुदायलाई कुनै पनि रुसी कब्जालाई मान्यता नदिन आह्वान गरिएको छ । साथै युक्रेनी भूभाग उसैको जिम्मामा छाड्न पनि सदस्य राष्ट्रहरूले माग गरेका छन् 

यसैबीच युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सीकीले आफ्नो मुलुकलाई समर्थन गर्ने राष्ट्रहरूलाई आभार व्यक्त गरेका छन् । ट्विट गर्दै उनले भनेका छन्, 'युक्रेनी भूभाग गाभ्ने रुसको प्रयास अर्थहीन छ । यसलाई स्वतन्त्र राष्ट्रहरूले कहिल्यै पनि मान्यता दिने छैनन् ।' उनले युक्रेनले आफ्ना सबै भूभाग फिर्ता लिएरै छाड्ने पनि बताएका छन् । त्यस्तै अमेरिकी राष्ट्रपति जो बाइडेनले मतदानले 'मस्कोलाई स्पष्ट सन्देश दिएको' बताएका छन् । रुसले एक सार्वभौम देशलाई नक्साबाट मेट्न नसक्ने उनको भनाइ छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर