नेभिगेसन मेनु

ताइवानी स्वतन्त्रता बिक्रीका लागि होइन : राष्ट्रपति वेन
सम्पादक:南亚网络电视
समय:2022-10-11 11:46

121011484_tv071195974_KE5znal1Ch

ताइवानकी  राष्ट्रपति साई इङ–वेनले आफ्नो राष्ट्रिय भाषणमा चीनलाई रुस–युक्रेन द्वन्द्वसँग तुलना गर्दैै ताइवानले आफ्नो स्वतन्त्रता र लोकतान्त्रिक जीवन शैलीलाई कहिल्यै नछोड्ने चेतावनी दिएकी छिन् ।

हालै, विश्वको सबैभन्दा धनी व्यक्ति एलोन मस्कले फाइनान्सियल टाइम्ससँगको अन्तर्वार्तामा ताइवान र चीनबीचको समस्या कसरी समाधान गर्ने भन्ने बारेमा आफ्नो विचार सेयर गरेका थिए । उनले भनेका थिए, ‘मेरो लक्ष्य  ताइवानको लागि एक विशेष प्रशासनिक क्षेत्र पत्ता लगाउने हो । सम्भवतः यसले सबैलाई खुसी बनाउँदैन ।’

मस्कको सुझावलाई अमेरिकाका लागि चिनियाँ राजदूत किन ग्याङले प्रशंसा गरेका थिए र उनलाई धन्यवाद दिएका थिए । तर, वाशिंगटनका लागि ताइवानका राजदूत हसियाओ बिखिमले यसको कडा आलोचना गरिन । उनले ट्वीट गरेकी छिन्, ‘हाम्रो भविष्यको लागि कुनै पनि दिगो प्रस्ताव शान्तिपूर्ण रूपमा  जबरजस्तीबाट मुक्त र ताइवानका जनताको लोकतान्त्रिक इच्छाको सम्मान गर्नुपर्दछ । ’ उनले ताइवानको लोकतन्त्र र स्वतन्त्रता बिक्रीको लागि नभएकोसमेत बताएकी छिन् ।

चीन र ताइवानबीचको द्वन्द्व दिन प्रतिदिन चर्किएको छ । केही महिनाअघि अमेरिकी तल्लो सदनकी सभामुख नेन्सी पेलोसीको ताइवान भ्रमणपछि दुई देशबीचको तनाव चर्किएको हो । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर