नेभिगेसन मेनु

रुस–क्राइमिया जोड्ने पुलमा शक्तिशाली विस्फोट
सम्पादक:南亚网络电视
समय:2022-10-07 08:16

thumb

रुसलाई क्राइमियासँग रेल तथा सडक मार्गबाट जोड्ने पुलमा शनिबार शक्तिशाली विस्फोट भएको छ । विस्फोटमा कम्तीमा ३ जनाको ज्यान गएको अधिकारीहरूले पुष्टि गरेका छन् । क्राइमियालाई सन् २०१४ मा रुसले आफूमा गाभेको थियो । पछिल्ला महिनाहरूमा रुसले युक्रेनमाथि आक्रमण गर्नका लागि क्राइमियाको बाटो सैन्य हतियार ओसार्दै आएको थियो । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले सन् २०१८ मा केर्च पुलमार्गको उद्घाटन गरेका थिए ।

विस्फोटपछि तेल ट्यांकरमा आगो सल्किएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । जसका कारण पुलबाट हुने आवतजावत बन्द गरिएको रुसी सञ्चारमाध्यमहरूले जनाएका छन् ।

सामाजिक सञ्जालमा सार्वजनिक गरिएका दृश्य तथा तस्बिरहरूमा केर्च पुलमा एउटा रेल भीषण आगलागीको चपेटामा परेको देख्न सकिन्छ । त्यसा साथै गाडीहरू आवतजावत गर्ने पुल पनि क्षतिग्रस्त भएको देखिन्छ ।

क्राइमियाका एक अधिकारीलाई उद्धृत गर्दै रुसी सरकारी सञ्चार माध्यमले पुलमा फैलिएको आगो निभाउने काम भइरहेको जनाएको छ । पुलमा भएको विस्फोट तथा आगलागीको कारण भने थाहा नभइसकेको बीबीसीले जनाएको छ ।

विस्फोटनसम्बन्धी एकजना विज्ञले बीबीसीसँगको कुराकानीमा भने पुलमा गरिएको विस्फोट क्षेप्यास्त्रका कारण नभएको देखिएको बताएका छन् । तर पुलको मुनिपट्टिबाट भने आक्रमण गरिएको हुन सक्ने ती विज्ञको भनाइ छ ।

केर्च पुलको बाटो भएर रुसले युक्रेनमा आक्रमण गर्न हातहतियार ओसारपसार गर्ने भएकाले उक्त पुल युक्रेनी फौजको निसानामा रहेको बताइएको थियो । युक्रेनी नियन्त्रण रहेका कतिपय स्थानबाट केर्च पुल करिब डेढ सय किलोमिटरको दूरीमा रहेको छ ।

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीका सल्लाहकार माइखाइलो पोदोलयाकले आक्रमणको जिम्मेवारी नलिए पनि ‘क्राइमियाको पुल सुरुवात’ भएको बताएका छन् । ‘गैरकानुनी सबै कुरा भत्काउनुपर्छ । चोरी गरेको सबै कुरा फिर्ता गरिनुपर्छ र रुसले गैरकानुनी रूपमा अतिक्रमण गरेको सबै फिर्ता हुनुपर्छ,’ ऊनले लेखेका छन् ।

युत्रेनी रक्षा मन्त्रालयले पुलमा गरिएको आक्रमणलाई गत अप्रिलमा डुबेको रुसी पानीजहाजसँग तुलना गरेको छ । ‘रुसका दुईवटा विख्यात प्रतीकहरू ध्वस्त भएका छन् । अब पालोमा के ?’ मन्त्रालयको आधिकारीक ट्वीटर पेजमा लेखिएको छ ।

घटनाप्रति प्रतिक्रिया दिँदै रुसी विदेश मन्त्रालयले ‘सर्वसाधारणको संरचनामा आक्रमण गर्ने किभ (युक्रेनी) शासकको कार्य आतंकवादी प्रकृतिको भएको’ बताएको छ । रुसी अधिकारीहरूले पुलमा आंशिक क्षति पुगेको र केही समयमै मर्मत गरिसकिने जनाएका छन् । रुसी राष्ट्रपति कार्यालय क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले घटनाबारे राष्ट्रपति पुटिनलाई जानकारी गराइसकिएको बताएका छन् । उनका अनुसार पुटिनले आक्रमणबारे सरकारी अनुसन्धानका लागि आदेश दिएका छन् ।

क्राइमियालाई रुससँग जोड्ने १९ किलोमिटर लामो पुल २ खर्ब ७ अर्ब पाउन्ड लगानीमा ४ वर्षअघि निर्माण गरिएको हो । युरोपको सबैभन्दै लामो पुललाई रुसी सञ्चार माध्यमले शताब्दीकै उत्कृष्ट संरचनाका रूपमा व्याख्या गरेका थिए ।

‘घातक हतियार प्रयोगबाट रुसलाई रोक्नुपर्छ’

युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसलाई घातक हतियार प्रयोग गर्नबाट विश्व समुदायले रोक्नुपर्ने बताएका छन् । पछिल्ला दिनमा रुसी अधिकारीहरूले दिएका अभिव्यक्ति पृथ्वीका लागि नै निकै जोखिमपूर्ण रहेको उनको भनाइ छ ।

बीबीसीसँगको अन्तर्वार्तामा जेलेन्स्कीले रुसलाई परमाणु हतियार प्रयोग गर्नबाट रोक्न अहिलेदेखि नै थप प्रतिबन्ध लगाइनुपर्ने बताएका हुन् । युक्रेनमा परमाणु युद्धबारे रुसले आफ्ना जनतालाई तयार पार्न थालेको उनको दाबी छ ।

युक्रेनमाथिको आक्रमणमा रुसले निरन्तर रूपमा असफल भइरहेका कारणा परमाणु हतियारको प्रयोगतर्फ उन्मुख भएको जेलेन्स्कीको भनाइ छ । रुसले युद्धका क्रममा युक्रेनको जापोरिजा परमाणु केन्द्र कब्जा गरेर त्यसतर्फ कदम चालिसकेको उनको भनाइ छ । रुसमाथि सैन्य आक्रमण गर्न आफूले सेनालाई आदेश नदिएको उनको दाबी छ । आफ्नो हालैको अभिव्यक्तिलाई गलत रूपमा व्याख्या गरिएको जेलेन्स्कीको भनाइ छ । रुसी आक्रमण रोक्ने गरी कारबाहीका लागि मात्र आफूले सैन्य नेतृत्वलाई आदेश दिएको उनले बताए । जेलेन्स्कीले बिहीबार गरेको एक टिप्पणीपछि रुसले उनको कडा आलोचना गरेको थियो । क्रेम्लिन प्रवक्ता दिमित्री पेस्कोफले उनको टिप्पणीले रुसमाथि आक्रमण गर्न उक्साएको र त्यसले अर्को विश्वयुद्ध निम्त्याउने अपिल’ को रूपमा व्याख्या गरेका थिए ।

पछिल्ला केही सातायता युक्रेनी सेनाले रुसले नियन्त्रणमा लिएका कतिपय क्षेत्रमा पुनः नियन्त्रण कायम गरेको छ । ती विफलताका कारण रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका चार क्षेत्रलाई गैरकानुनी रूपमा रुसमा गाभेको युक्रेनको भनाइ छ ।

राष्ट्रपति पुटिन तथा वरिष्ठ रुसी अधिकारीले ती क्षेत्रको सुरक्षाका लागि रुसले सानाको आकारका परमाणु अस्त्र प्रयोग गर्न सक्ने संकेत गर्दै आएका छन् । यद्यपि, मस्कोले परमाणु हतियार प्रयोग गर्न लागेको विषयमा हालसमम कुनै प्रमाण नभेटिएको पश्चिमा अधिकारीहरूले बताएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर