नेभिगेसन मेनु

पुटिनको आदेशपछि एडवर्ड स्‍नोडेनलाई रुसी नागरिकता
सम्पादक:南亚网络电视
समय:2022-09-27 12:08

एडवर्ड स्नोडेनलाई रुसी नागरिकता दिइएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशपछि उनलाई रुसी नागरिकता दिइएको हो । स्नोडेनमाथि अमेरिकाका कैयौं गोप्य दस्तावेज चुहाएको आरोप लागेको छ ।

thumb (2)

स्नोडेनले सन् २०१३ मा अमेरिकाका गोप्य भनिएका फाइल सार्वजनिक गरेका थिए । यी फाइलमा अमेरिकी गुप्तचर निकायले कसरी घरेलु र अन्तर्राष्ट्रिय स्तरमा निगरानी गर्छन् भन्ने कुरा खुलाइएको थियो ।

सन् २०२० मा रुसले स्नोडेनलाई स्थायी बसोबासको अधिकार दिएको थियो त्यसपछि उनलाई रुसी नागरिकता प्राप्त गर्ने औपचारिक बाटो खुलेको थियो ।

एडवर्ड स्नोडेनले आफ्नो जीवन र स्वतन्त्रता जोखिममा राखी संयुक्त राज्य अमेरिकाको राष्ट्रिय सुरक्षा एजेन्सी (एनएसए) द्वारा सञ्चालित विश्वव्यापी निगरानी अथवा कम्प्युटर जासुसी विवरण जुन २०१३ मा सार्वजनिक गरेका हुन्। त्यसैले उनको राहदानी र नागरिकता अमेरिकी सरकारले खारेज गरेको छ । स्नोडेन ‘बुज एलेन ह्यामिल्टन’ नामक निजी कम्पनीमा काम गर्थे । यो कम्पनी एनएसएको उपठेकेदारका हैसियतले काम गर्थ्यो । यसरी एउटा निजी कम्पनीले स्वयम् अमेरिकी वा जुनसुकै मुलुकका राष्ट्रपति, न्यायाधीश र सांसदलगायतको डिजिटल विवरण हेर्न सक्छ भन्ने पर्दाफास भएको हो।

अमेरिकी नियमको कथित उल्लंघन गरे पनि स्नोडेन भन्छन्, ‘राष्ट्रिय सुरक्षाको नाममा व्यक्तिगत गोपनीयतामा हस्तक्षेप स्वीकार्य हुनु हुँदैन ।’ स्नोडेनले ‘आधारभूत न्यायिक र नागरिक सिद्धान्त’ अनुसार आफ्नो कदमलाई एकदम सही भनेका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर