नेभिगेसन मेनु

पाकिस्तानमा बाढी पहिरोमा परी १० जनाको मृत्यु, २६ जना घाइते
समय:2022-08-15 04:13

पाकिस्तानमा मनसुनी वर्षा र यससँगै आएको बाढी र पहिरोमा परी कम्तीमा पनि १० जनाको ज्यान गएको छ ।गएको २४ घन्टायता पाकिस्तानका विभिन्न स्थानमा भएको निरन्तरको वर्षा र बाढीमा परेर अरु २६ जना घाइते भएका राष्ट्रिय प्रकोप व्यवस्थापन केन्द्रले जनकारी दिएको हो ।

केन्द्रका अधिकारीले दिएको जानकारीअनुसार पाकिस्तानको दक्षिण पश्चिमी बलुचिस्तान प्रान्त सबैभन्दा बढी प्रभावित भएको छ । सो प्रान्तका अधिकांश स्थानमा बाढी आएको र त्यसमा परेर छ जनाको ज्यान गएको छ । यसैगरी यहाँको उत्तरपश्चिीमी प्रान्त खैबर पाक्थुन्क्वामा पनि बाढीका कारण तीन जनाको ज्यान गएको बताइएको छ । त्यहाँका कतिपय व्यक्ति हराइरहेका पनि बताइएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर