नेभिगेसन मेनु

युक्रेनका राष्ट्रपति र नाटोका महासचिवबीच फोन वार्ता
समय:2022-08-04 03:55

युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलिन्स्किी र उत्तर एटलान्टिक सन्धी सङ्गठन, नाटोका महासचिवबीच फोनवार्ता भएको छ । उनीहरुका बीचमा युक्रेनलाई आगामी दिनमा नाटोले गराउने आवश्यक सहयोगका बारेमा कुराकानी भएको बताइएको छ ।

वार्ताका क्रममा युक्रेनका राष्ट्रपति जेलिन्स्किीले नाटो महासचिव जेन्स स्टोलटेन्बर्गलाई युक्रेनको वर्तमान अवस्थाका बारेमा जानकारी गराएका थिए । त्यस अवसरमा उनले यसैवर्ष भएको ‘म्याड्रिड समिट २०२२’ मा भएको सहमति बमोजिम युक्रेनले हतियार प्राप्त गर्नुपर्ने विषयमा पनि स्मरण गराएका युक्रेनका राष्ट्रपतिको कार्यालयले जानकारी गराएको छ ।

युक्रेनमाथि रुसले आक्रमण गरेपछि केही महिनादेखि रुस र युक्रेनका बीचमा युद्ध जारी छ । युद्धका कारण युक्रेनको आर्थिक अवस्था निकै कमजोर बन्दै गइरहेको बताइएको छ ।

त्यस कुराकानीका क्रममा राष्ट्रपति जेलिन्स्किीले युक्रेनले नाटो संगठन तथा नेटोका सदस्य राष्ट्रहरुबाट ठूलो हतियारहरुको अपेक्षा गरिरहेको जानकारी दिए । स्पेनको राजधानीमा हालै भएको ‘म्याड्रिड समिट २०२२’ मा युक्रेनलाई हातहतियारका साथै इन्धन, सञ्चार प्रविधिमा सहयोग गर्ने सहमति भएको थियो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर