नेभिगेसन मेनु

रुसी आक्रमणमा युक्रेनका धनाढ्य व्यापारीको मृत्यु
समय:2022-08-01 03:54

रुसी आक्रमणमा युक्रेनका धनाढ्य मध्येका एक अन्न निर्यात गर्ने व्यापारीका दम्पती मारिएका छन् । दक्षिणी सहर मिकोलाइभस्थित उनीहरूको घरमा राति क्षेप्यास्त्र प्रहार हुँदा ७४ वर्षीय ओलेक्सी भाडातुर्सकी र उनकी श्रीमती राइसा मारिएको अधिकारीहरूले बताएका छन् ।

अन्न निर्यात सम्बन्धी कम्पनी निबुलोनका मालिक भाडातुर्सकीले हिरो अफ युक्रेन उपाधि समेत पाएका थिए । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्सकीले भाडातुर्सकीको निधनबाट ठूलो क्षति भएको बताएका छन् । मिकोलाइभका मेयर ओलेक्सन्दर सेन्केभिचले उक्त सहरमा अहिलेसम्मकै सबैभन्दा धेरै बमबारी भएको बताएका छन् ।

बमबारीका कारण होटल, खेलकुद भवन, दुईवटा विद्यालय र सेवा केन्द्रसहित घरहरूमा क्षति पुगेको छ । मिकोलाइभ ओडेसाको मुख्य बाटोमा अवस्थित छ। ब्ल्याक सीमा युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह रहेको ओडेसामा गत फेब्रुअरीमा रुसले आक्रमण सुरु गरेयता बारम्बार बमबारी भएको छ ।

उक्त क्षेत्रका नेताले भाडातुर्सकीको व्यापार र कृषिमा ठूलो योगदान रहेको बताएका छन् । राष्ट्रपति जेलेन्सकीको कार्यालयका एक जना सल्लाहकारले उनलाई नियोजित रूपमा लक्षित गरिएको आफूलाई लागेको बताएका छन् ।

मिखाइलो पोडोलियाकले एउटा क्षेप्यास्त्रले मारिएका व्यापारीको शयन कक्षमा प्रहार भएको र यसले उनीमाथिको आक्रमण नियोजित भएकोमा कुनै शङ्का बाँकी नरहेको बताएका छन् ।

निबुलोनले भण्डारणका सुविधाहरू निर्माण गर्नुका साथै अन्न निर्यातका लागि आवश्यक अन्य पूर्वाधार बनाएको छ । युक्रेन र रुस गहुँ बालीको मुख्य निर्यातकर्ता हुन् र युद्धका कारण यी देशबाट निर्यात अवरुद्ध हुँदा विश्वभरी खाद्यान्नको मूल्यवृद्धि भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर