नेभिगेसन मेनु

माल्दिभ्सका राष्ट्रपतिले भारत भ्रमण गर्ने
समय:2022-07-29 03:57

माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलिहले आगामी हप्ता भारतको भ्रमण गर्ने भएका छन् । दुई देशको सम्बन्ध र सहकार्य थप बढाउन र विगतको समीक्षा गर्न उनी भारत आउन लागेका भारतीय अधिकारीहरुले जनाएका छन् ।

भ्रमणका क्रममा राष्ट्रपति सोलिहले भारतका राष्ट्रपति द्रोपदी मुर्मु, प्रधानमन्त्री नरेन्द्र मोदी, विदेश मन्त्री एस जयशंकरलगायतसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

भारतको विदेश मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आगामी अगस्ट १ देखि ४ सम्म सोलिह भारत भ्रमणमा रहने जानकारी दिए ।

सोलिहको औपचारिक भ्रमण टोलीमा माल्दिभ्सका अरु उच्चपदस्थ सरकारी अधिकारी, व्यवसायी लगायतको समेत सहभागिता हुने पनि उनले बताए । उनले भ्रमणका क्रममा भारतका व्यवसायीहरुसँग लगानी र व्यावसायिक सहकार्यका बारेमा छलफल गर्नेछन् । भारत भ्रमणको सिलसिलामा उनी मुम्बइ पनि जानेगरी भ्रमण तालिका तय भएको अधिकारीहरुले जनाएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर