नेभिगेसन मेनु

युद्ध युक्रेनको पूर्वी क्षेत्रमा सीमित नरहने रुसको चेतावनी
समय:2022-07-21 04:03

रुसी विदेशमन्त्री सेर्गेइ लाभ्रोभले युक्रेनमा रुसको सैन्य चासो अब देशको पूर्वी क्षेत्रमा मात्र सीमित नरहेको बताएका छन् । पश्चिमले युक्रेनलाई लामो दुरीमा प्रहार गर्न सक्ने अस्त्र उपलब्ध गराएपछि मस्कोको रणनीति परिवर्तन भएको रुसको एक सरकारी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उनले बताए ।

अब रुसले आफ्नो सुरक्षा सुनिश्चित गर्नका निम्ति युक्रेनी सेनालाई युद्धको मोर्चाबाट टाढा पुर्याउनु पर्ने उनको व्याख्या छ । यसअघि अमेरिकाले रुसमाथि थप युक्रेनी भूभागलाई आफ्नो देशमा गाभ्ने योजना बनाएको आरोप लगाएको थियो ।

युक्रेनको पूर्वी डोनबास क्षेत्रमा रुसी भाषीहरूले नरसंहार भोगेको र उनीहरूको स्वतन्त्रता आवश्यक रहेको झुटो दाबीसहित गत फेब्रुअरीमा रुसले युक्रेनमाथिको आक्रमण सुरु गरेको थियो ।

पाँच महिनाको समयावधिमा रुसले युक्रेनको पूर्वी र दक्षिणका केही भागहरू कब्जा गरिसकेको छ। यद्यपि, किएभ कब्जा गर्ने आफ्नो मूल उद्देश्यमा रुस सफल भएको छैन।

रुसले आफ्नो प्रमुख उद्देश्य डोनबासको मुक्ति भएको दाबी गर्दै आएको छ । फेब्रुअरीदेखि नै पश्चिमा राष्ट्रहरूले युक्रेनलाई रुसी सेनाहरू विरुद्ध प्रतिरक्षाका निम्ति शक्तिशाली अस्त्रहरू प्रदान गरिरहेका छन् । त्यस्तो सहयोगले रुसलाई आफ्नो लक्ष्य विस्तार गर्न बाध्य तुल्याएको लाभ्रोभको भनाई छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर