नेभिगेसन मेनु

श्रीलङ्काका राष्ट्रपति गोटाबयले दिए सिंगापुर पुगेर राजीनामा
समय:2022-07-15 04:59

श्रीलङ्कामा विरोध प्रदर्शन चर्किएपछि देशबाट भागेर सिङ्गापुर पुगेका राष्ट्रपति गोटाबय राजपक्षले राजीनामा दिएका छन् । आर्थिक सङ्कटको विरोधमा देशमा विरोधप्रदर्शन भइरहेका बेला उनी मङ्गलबार राति भागेर माल्दिभ्स पुगेका थिए । उनीसँग उनकी पत्नी र दुई अङ्गरक्षक पनि थिए ।

उनी माल्दिभ्सबाट सिङ्गापुर साउदी एयरलाइन्सको एउटा विमानमा चढेर गएका थिए । राजपक्ष सिङ्गापुरमै बस्छन् वा अन्यत्र जान त्यो भने स्पष्ट छैन। ।

सिङ्गापुर सरकारले उनलाई निजी भ्रमणका लागि आफ्नो देशमा प्रवेश दिएको बताएको छ । यसअघि उनले बुधबारभित्र राजीनामा दिने बताएका थिए।

तर उनले बुधबार त्यस्तो कुनै पत्र पठाएनन् । यद्यपि, बिहीबार अबेर श्रीलङ्काको संसद्का सभामुखले राजपक्षले राजीनामापत्र पठाएको जानकारी दिएका छन् । राष्ट्रपति हुँदा अभियोगहरूबाट उन्मुक्ति पाएका राजपक्ष नयाँ सरकार बनेपछि हुनसक्ने गिरफ्तारीबाट जोगिन विदेश भागेको अनुमान गरिएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर