नेभिगेसन मेनु

नेपाली दूतावास लण्डनले दियो स्कटल्यान्डमा घुम्ती सेवा
समय:2022-06-28 04:27

लण्डन स्थित नेपाली दुतावासले स्कटल्यान्डमा संचालन गरेको घुम्ती सेवाबाट एक सय जना भन्दा बढीले सेवाग्राहीले सुविधा लिएका छन्

गैरआवासीय नेपाली संघ स्कटल्यान्डका अध्यक्ष काशीराम भण्डारीका अनुसार दुतावासले आइतबार र सोमबार गरि दुई दिन सो क्षेत्रमा घुम्ती सेवा संचालनमा ल्याएको थियो । गैरआवासीय नेपाली संघ स्कटल्याण्ड राज्य परिषदका उपाध्यक्ष उज्वल कार्कीका अनुसार एवर्डिनमा ४० जना र एडिनबरामा ६० जनाले दूतावासको सेवा लिएका थिए ।

नेपाली दूतावासको तर्फबाट रामबावु नेपालको नेतृत्वमा खटिएको ६ जनाको टोलीले पासपोर्ट, भिसा, एनआरएनए कार्ड लगायतको सेवा प्रत्यक्ष रुपमा प्रदान गरेको थियो । दुतावासले दिएको सेवाप्रति गैरआवासीय नेपाली संघ स्कटल्यान्डले आभार व्यक्त गरेको छ ।

दूतावासको घुम्ती सेवा संचालन गर्न स्कटल्याण्ड पुगेको टोलीलाई अध्यक्ष भण्डारी, समाजसेवी घनश्याम भण्डारी, नविन क्षेत्री लगायतले महत्वपूर्ण सहयोग गरेका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर