नेभिगेसन मेनु

नेप्से परिसूचक ३७.०६ अंकले घट्यो
समय:2022-05-07 04:50

काठमाडौं । साताको अन्तिम कारोबारको दिन बिहीबार नेप्से परिसूचकमा उच्च अंकले गिरावट आएको छ । पछिल्लो एक साता देखि निरन्तर रुपमा गिरावट आएको नेप्स १३७.५२ अंकले घटेको छ ।

बिहीबार नेप्से ३७.०६ अंकले घटेर २२३८.६२ विन्दूमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ४.३४ अंक घटेको छ भने फ्लोट इण्डेक्स २.६९ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८७ अंकले घटेको छ ।

बिहीबार कारोबारमा आएका २३२ कम्पनीको ४६ लाख ७४ हजार कित्ता शेयर १ अर्ब ६५ करोड ४५ लाख ६१ हजार रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । नेप्सेका १३ वटै उपसमूहको परिसूचक राताम्मे भएको छ ।

जसमध्ये विकास बैंक, वित्त, होटल तथा पर्यटन, जलविद्युत, लगानी, जीवन बीमा, निर्जीवन बीमा र व्यापार उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले गिरावट आएको छ । बैंकिङ्ग, उत्पादन तथा प्रशोधन, लघुवित्त र अन्य उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेका छन् ।

कारोबारमा आएका २३२ कम्पनीमध्ये ८ कम्पनीको शेयर मूल्य बढेको छ । जसमा बिहीवार जाल्पा लघुवित्तको शेयरमूल्य सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यता मैलुङ्ग खोला जलविद्युत कम्पनी, युनियन हाइड्रोपावर, शिवश्री हाइड्रोपावर र बुद्धभूमि नेपाल हाइड्रोपावरको शेयरमूल्य ६ प्रतिशतभन्दा बढीले गिरावट आएको छ ।

कारोबार रकमका आधारमा ८ करोड ४५ लाख रुपैयाँ बराबरको शेयर खरिदबिक्री गरेर सूर्या लाइफ इन्स्योरेन्स शीर्ष स्थानमा रहेको छ । एनआईसी एशिया बैंकको ६ करोड ७३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर