नेभिगेसन मेनु

बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु, एक बेपत्ता
सम्पादक:南亚网络电视
समय:2026-11-16 16:16

auto

 बझाङमा अटो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता छन् ।

बुंगल नगरपालिका–१० को टुमेडामा बिहान साढे १० बजेतिर नम्बर नखुलेको अटो दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक(डीएसपी) टेकबहादुर जोराले तीन जनाको घटनास्थलमै मृत्यु भएको जानकारी दिए । उनकाअनुसार दुर्घटनामा परेका एक बालक बेपत्ता छन् ।

मृत्यु हुनेमा बुंगल नगरपालिका–१० बस्ने अन्दाजी ४० वर्षीया राजमति महरा, १५ वर्षीया तारा महरा र ६ वर्षीया डल्ली महरा रहेको डीएसपी जोराले बताए ।अटोमा सवार बालक बेपत्ता छन् । उनको खोजी भइरहेको छ । दुर्घटनाको कारण भने खुल्न सकेको छैन।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी