
इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरले ६ किलो ४० ग्राम चरेशसहित २ जनालाई नियन्त्रणमा लिएको छ। मकवानपुर थाहा नपा ९ चित्लाङस्थित इलाका प्रहरी कार्यालय चित्लाङ मकवानपुरको चेकप्वाईन्टमा जाँच गर्नेक्रममा उनीहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
गोर्खा, चितवन सौराह, हेटौडा हुँदै काठमाडौंतर्फ जाँदै गरेको बाप्र ०१ ०३५ च ४५६१ नं को सेतो रंगको जिप गाडी रोकी चेकजाँच गर्ने क्रममा गाडीको पछाडीपट्टी डिक्कीमा रहेको लगेज ब्यागमा चरेश भेटिएको थियो।
प्रहरीका अनुसार उनीहरूले लगेजभित्र लत्ता कपडा राखी त्यसको भित्र प्लाष्टिकले र्यापिङ्ग गरी लुकाइ अबैध लागुऔषध गाडीमा राखेर ल्याएका थिए ।
प्रहरीले काभ्रेपलाञ्चोक धुलिखेल नपा ३ सञ्जिवनी चोक स्थायी घर भइ बनेपा नपा ८ तीनदोबाटो बस्ने ३३ वर्षको हेविन श्रेष्ठ (गाडी चालक) र
चितवन भरतपुर महानगरपालिका ११ कोल्टाँडी स्थायी घर भइ भरतपुर २ क्षेत्रपुर बस्ने २१ वर्षीया दिव्याश्री काफ्लेलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।


















