नेभिगेसन मेनु

के गर्दैछन् चीन पुगेका रास्वपाका २० सांसद ?
सम्पादक:南亚网络电视
समय:2026-11-16 16:24

rsp-mp-china-1024x500

 चिनियाँ कम्युनिस्ट पार्टीको निमन्त्रणामा ११ दिने भ्रमणमा रहेको रास्वपाको टोलीले चीन पुगेको भोलिपल्टबाट विभिन्न क्षेत्रको अवलोकन सुरु गरेको छ ।

महामन्त्री विपिन आचार्यको नेतृत्वमा चीन भ्रमणमा निस्केको २० जनाको प्रतिनिधिमण्डल आइतबार साँझ छेङ्दु पुगेको थियो । सोमबार बिहान टोलीले क्यापिटल बायो समूहको जैवप्रविधि तथा परीक्षण उपकरण र एक्सडी झोङटे ट्रान्सफर्मर कारखानाको अवलोकन गरेको छ ।प्रतिनिधिमण्डललाई क्यापिटल बायो समूहको इतिहास, जैवचिप प्रविधि, आनुवांशिक परीक्षण तथा स्वचालित रोग पहिचान प्रणालीबारे जानकारी गराइएको टोलीमा सहभागी रास्वपा सांसद डा. धनञ्जय रेग्मीले जानकारी दिए । संस्थाले अनुसन्धानबाट विकसित प्रविधिलाई स्वास्थ्य परीक्षणका उपकरण र सेवामा रूपान्तरण गर्दै आएको छ ।

कम्पनीका प्रतिनिधिले प्रविधि मुख्यत: रोग उत्पन्न गर्ने सूक्ष्मजीवको पहिचान, आनुवांशिक रोगको परीक्षण र व्यक्तिको आनुवांशिकताअनुसार उपचारमा सहयोग गर्न सकिने बारेमा टोलीलाई जानकारी गराएको थियो । नास्टसँगको सहकार्यमा नेपालका हिमाली क्षेत्रमा देखिने रोगबारे संयुक्त अनुसन्धान अघि बढाउने इच्छा कम्पनीका प्रतिनिधिले रास्वपा टोलीसँग राखेका थिए ।

सोमबार बिहान नै प्रतिनिधिमण्डलले एक्सडी झोङटे ट्रान्सफर्मर कारखानाको अवलोकन गरेको छ । विशेष ट्रान्सफर्मर निर्माण, अनुसन्धान, परीक्षण तथा क्षमता विस्तारसम्बन्धी प्रस्तुतीकरण गरिएको थियो ।

यस कम्पनीले ट्रान्सफर्मर क्षेत्रमा २० वर्षभन्दा बढी समय ट्रान्सफर्मर अनुसन्धान तथा विकास केन्द्र र दक्षिणपश्चिम चीनमा उत्पादन, परीक्षण तथा मर्मतसम्भार आधारका रूपमा काम गर्दै आएको छ ।

 

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी