नेभिगेसन मेनु

भारत, चीन र इजरायलका राजदूत नियुक्त, शीतल निवासमा शपथ
सम्पादक:南亚网络电视
समय:2026-11-16 16:18

India-China-and-Israel-Embassador--1024x688

राष्ट्रपति  रामचन्द्र पौडेलले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।

राष्ट्रपति पौडेलले सोमबार भारतका लागि डा. निश्चलनाथ पाण्ड, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई आवासीय राजदूत नियुक्त गरेका हुन्  ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्‍को सिफारिसमा उनीहरूलाई नियुक्त गरेका हुन् ।

राष्ट्रपति पौडेलले आजै उनीहरूलाई शीतल निवासमा एक समारोहका बीच पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन् ।

२ असोजमा बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न १३ वटा देशका राजदूत नियुक्त गर्नका लागि सिफारिस गरेको थियो ।

संसदीय सुनुवाइ समितिले १३ जना मध्ये १० जनाको नाम अनुमोदन गरेको थियो ।

१० जना प्रस्तावित राजदूतहरू मध्ये भारत, चीन र इजरायलका राजदूतको अग्रिमो आएको थियो ।

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
माथी