नेभिगेसन मेनु

बेलायती मिसाइलको नामबाट दुई युक्रेनी बालबालिकाको नामाकरण
समय:2022-04-08 03:42

एजेन्सी । युक्रेनमा जन्मिएका दुई बालबालिकाको मिसाइलको नामबाट नामाकरण गरिएको छ । रुससँग युद्ध चलिरहेको बेला जन्मिएका उनीहरूको नाम बेलायती मिसाइलको नामबाट नामाकरण गरिएको हो ।

युक्रेनी सञ्चारमाध्यमलाई उद्धृत गर्दै बीबीसीले बालकको नाम ज्याभेलिन र बालिकाको नाम ज्याभेलिना राखिएको बताएको छ ।

युक्रेनी पूर्वफर्स्ट लेडी कटरिना युस्चेन्कोका अनुसार यी नामहरू भिनित्सिया शहरमा दर्ता भएका छन् । बेलायती मिसाइलको नामबाट बालबालिकाको नामाकरण गरिनु युक्रेनमा पठाइएको पश्चिमा हातहतियारप्रतिको कृतज्ञताको सङ्केत रहेको पनि उनले बताएकी छिन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर