नेभिगेसन मेनु

सोमालियामा आत्मघाती विस्फोटमा १० जनाको मृत्यु
समय:2022-02-20 04:24

सोमालियामा भएको आत्मघाती विस्फोटमा परी कम्तीमा १० जनाको मृत्यु भएको छ । बेलेड्वेनमा शनिबार भएको घटनाको जिम्मेवारी जिहादीहरुको समूह ‘अल शबाब’ले दिएको प्रहरीले जनाएको छ ।

घटनामा परी मृत्यु भएका मध्ये केही सरकारी अधिकारी समेत छन् । अरु १६ जना घाइते भएको पनि प्रहरीले जनाएको छ । सरकारी अधिकारी र प्रत्यक्षदर्शीहरूले घटना आत्मघाती हमलाकारीले गराएको बताएका छन्।

एक प्रत्यक्षदर्शीले भने, “यस्तो घटना त मैले अहिलेसम्म देखेको थिइन, अति अमानवीय घटना ।” घटनास्थल राजधानी मोगादिशुदेखि ३४० किलोमिटर टाढा पर्दछ । घटनापछि स्थानीय बासिन्दा त्रसित भएका छन् । घटनाको विभिन्न क्षेत्रबाट भत्सर्ना र आलोचना भएको छ ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर