नेभिगेसन मेनु

बाइडन र जोनसन युक्रेन सङ्कट समाधान हुनेमा आशावादी
समय:2022-02-15 04:09

अमेरिका र बेलायतका नेताहरूले युक्रेन सङ्कटको कूटनीतिक समाधानका लागि आशावादी रहेको बताएका छन् । तर उनीहरूले अवस्था नाजुक रहेको भन्दै सजग गराएका छन् ।

युक्रेन मामिलालाई लिएर अमेरिकी राष्ट्रपति जो बाइडन र ब्रिटिश प्रधानमन्त्री बोरिस जोनसनले ४० मिनेट फोनवार्ता गरेका थिए । रुसी सैन्य कारबाही हुनसक्ने बारम्बारको चेतावनी बीच पनि बाइडन र जोनसनले सम्झौता अझै सम्भव रहेकोमा सहमति जनाएका छन् ।

ब्रिटिश प्रधानमन्त्रीले बाइडनसँग यस सङ्कटमा सघाउन आफूले सबैथोक गर्न तयार रहेको बताएका थिए । बाइडनले पनि ब्रिटिश सहायताविना केही नगर्ने वाचा गरेको बताइएको छ । सोमबार रुसी विदेशमन्त्रीले पनि कूटनीतिबाट आफूहरू नथाकेको बताएका छन् ।

युक्रेनतर्फको सीमामा एक लाखभन्दा धेरै सैनिक भेला पारे पनि मस्कोले हमलाको योजनालाई अस्वीकार गर्दै आएको छ । यसैबीच युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले आक्रमण हुनसक्ने भनेको बुधबारलाई युक्रेनी एकताको दिनका रूपमा मनाउने घोषणा गरेका छन् ।

अमेरिकी सूचनाले रुसले उक्त दिन हमला गर्न सक्ने भने पछि जेलेन्स्कीले राष्ट्रका नाममा सम्बोधन गर्दै त्यसो भनेका हुन् । उनले युक्रेनले शान्ति चाहेको तर उसँग बलियो सेना समेत भएको बताए । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनिओ गुटेरसले शान्त रहन आग्रह गर्दै सार्वजनिक अभिव्यक्तिहरूले तनाव चर्काउन नहुने बताएका छन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर