नेभिगेसन मेनु

अमेरिकाले थप दुई हजार सेना युरोप पठाउने
समय:2022-02-03 05:13

युक्रेनमा रुसी आक्रमणको चर्चा चलिरहेका बेला अमेरिकी राष्ट्रपति जो बाइडनले यसै साता युरोपमा थप सेना पठाउने भएका छन् । करिब दुई हजार सैनिकलाई पोल्याण्ड र जर्मनी पठाइनेछ भने हाल जर्मनीमा रहेका एक हजार सैनिकहरू रोमानियामा खट्नेछन् । उक्त अमेरिकी निर्णयलाई रुसले विनाशकारी कदम भनेको छ ।

मस्कोले युक्रेनमाथि हमला गर्ने आफ्नो योजना नभएको जनाएको छ तर उसले युक्रेनी सीमा नजिकै करिब एक लाख हतियारधारी सैनिकहरू तैनाथ गरेको छ । रुसले युक्रेनको दक्षिणी क्राइमिया प्रायद्वीपलाई आफ्नो नियन्त्रणमा लिएको र पूर्वी डोनबास क्षेत्रको रक्तपातपूर्ण विद्रोहलाई समर्थन गरेको झण्डै आठ वर्षपछि तनाव पुनः चर्केको हो ।

मस्कोले युक्रेन सरकारलाई पूर्वी क्षेत्रमा शान्ति पुनःथापनाका लागि अन्तर्राष्ट्रिय सम्झौताहरू लागु गर्न असफल भएको आरोप लगाएको छ । त्यस क्षेत्रमा हालसम्म कम्तीमा १४ हजार मानिसको ज्यान गइसकेको छ र रुस समर्थित विद्रोहीहरूले अधिकांश क्षेत्रहरू नियन्त्रण गरेका छन् । अहिले खटाइन लागेका अमेरिकी सैनिकहरूले युक्रेनमा लड्ने छैनन् तर अमेरिकी साझेदारको रक्षा सुनिश्चित गर्न काम गर्नेछन् ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर