नेभिगेसन मेनु

अष्ट्रेलियाका प्रधानमन्त्रीलाई कोरोना संक्रमण
समय:2021-12-15 07:49

अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसन कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् । सार्वजनिक सम्पर्कमा रहेका बेला उनी यही मंगलबार सङ्क्रमित भएका अधिकारीहरुले जानकारी दिएका छन् ।

प्रधानमन्त्री मोरिसन यसअघि गत शुक्रबार सिड्नीमै रहेको एउटा विद्यालयको कार्यक्रममा सहभागी भएका थिए । उनीसँगै देशभरी झण्डै एक हजार नयाँ सङ्क्रमित थपिएका थिए । प्रधानमन्त्री कोरिसनको कार्यालयले पनि उनलाई सङ्क्रमण भएको पुष्टि गरेको छ ।

कार्यालयले उनको सम्पर्कमा रहेकाहरुलाई पनि सतर्कता अपनाउन र कोरोना परीक्षण गर्न पनि आह्वान गरेको छ । सिड्नीलगायतका सहरहरुमा कोरोनाभाइरसको नयाँ भेरियन्ट ओमिक्रोन भेटिएकै बेला प्रधानमन्त्रीलाइ पनि सङ्क्रमण भएको हो ।

अष्ट्रेलियामा पछिल्लो एक दिनमा एक हजार ३६० जनामा सङ्क्रमण पुष्टि भएको अधिकारीहरुले जनाएका छन् । अघिल्लो दिनभन्दा सङ्क्रमितको सङ्ख्या धेरै बढेको हो । अघिल्लो दिन ८०४ जना मात्रै नयाँ सङ्क्रमित थपिएका थिए ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर