नेभिगेसन मेनु

कोरोना संक्रमण बढेपछि अष्ट्रियामा लकडाउन
समय:2021-11-20 03:36

अष्ट्रिया कोरोना संक्रमण तीव्र रुपमा बढेपछि त्यहाँको सरकारले लकडाउनको घोषणा गरेको छ । चान्सलर अलेक्जान्डर शालेनबर्गले सोमबारदेखि बढीमा २० दिनसम्म पूर्ण लकडाउन हुने बताएका हुन्।

अष्ट्रिया सरकारले केही दिनअघि खोप नलगाएका मानिसलाई लक्षित गर्दै लकडाउन गर्ने घोषणा गरेको छ । आगामी फेब्रुअरी १ देखि अनिवार्य रुपमा खोप लगाउनुपर्ने चान्सलर शालेनबर्गले बताएका छन्।

सोमबारदेखिल लागू हुने लकडाउन बढीमा २० दिनसम्म पूर्ण लकडाउन हुने उनले बताएका छन् । अष्ट्रियामा हालसम्म झण्डै ६५ प्रतिशतले कोरोना खोप लगाएका छन् भने १० लाख २७ हजार २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

हालसम्म कोरोना संक्रमणबाट अष्ट्रियामा ११ हजार ९५१ जनाको निधन भएको छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर