नेभिगेसन मेनु

तेल ट्याङ्कर दुर्घटना हुँदा ९९ जनाको मृत्यु
समय:2021-11-07 03:58

इन्धन बोकेको ट्याङ्कर दुर्घटना हुँदा सियरा लिओनमा ९९ भन्दा बढीको मृत्यु भएको छ। देशको राजधानी फ्रिटाउनमा हिजो भएको दुर्घटनामा परी अन्य सय भन्दा बढीको उपचार भइरहेको पनि बताइएको छ।

अस्पतालमा उपचार भइरहेकामध्ये अधिकांशको शरीरका धेरै भाग जलेका छन्। उद्धारकर्ता र अस्पतालमा उपचार गराइरहेका स्वास्थ्यकर्मीले पनि ९० भन्दाबढीको मृत्यु भएको जनाएका छन्। घाइते हुनेमा महिला र बालबालिका पनि रहेका छन्।

अर्को एउटा सवारी साधनसँग ट्याङ्कर ठोक्किएपछि आगलागी भएको र ठूलो मानवीय क्षति भएको प्रत्यक्षदर्शीले बताएका छन्। “दुर्घटनालगत्तै घटनास्थलमा धेरै मानिस जलिरहेको, रोइरहेको देखिएको थियो र कोही कोही त जल्दै दौडिँदै गरेको पनि देखिएको थियो”, एक प्रत्यक्षदर्शीले भने।

घाइते र मृतकमध्ये धेरै दुर्घटनाका बेला घटनास्थलमा रहेका मोटरसाइकल चालक, पैदलयात्री, सडकका व्यापारीलगायत रहेको पनि उनीहरुले जनाएका छन्। बिहान किनबेचका लागि सयौँ मानिसको भीड सडकमा लागेको थियो। त्यही भएर पनि मानवीय क्षति धेरै भएको अनुमान गरिएको छ।

“आगलागी हुनुअघि इन्धन पोखिएको थियो। त्यसपछि लागेको आगोले नजिक रहेका मानिसहरू र सवारी साधन जलेका थिए”, एक प्रत्यक्षदर्शीको भनाइ छ।

राष्ट्रपति जुलियस मादा बायोले ठूलो मानवीय क्षति हुनेगरी भएको दुर्घटना र आगलागीको घटनाले आफूलाई अति दुखित बनाएको बताउनुभएको छ। उहाँले सामाजिक सञ्जाल ट्वीटरमार्फत शोक वक्तव्य प्रकाशित गर्दै पीडित परिवारलाई आफूले सक्दो सहयोग गर्ने आश्वासन पनि दिएका छन्।

शवगृहमा ९० भन्दाबढी शवहरू पुगेको र फ्रिटाउन वरिपरिका स्वास्थ्य केन्द्रमा १०० जना जति मानिसको उपचार भइरहेको बताइएको छ। घाइतेमध्ये अधिकांशको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या अझै बढ्नसक्ने स्थानीय अधिकारीहरुले अनुमान गरेका छन्।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर