नेभिगेसन मेनु

कोभिडले अमेरिकी पूर्व विदेशमन्त्री कोलिनको निधन
समय:2021-10-21 05:10

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको ८४ वर्षको उमेरमा कोभिड–१९ सँग सम्बन्धित जटिलताका कारण निधन भएको छ।

रिपब्लिकन दलसँग आबद्ध रहेका पावेल विदेशमन्त्री हुनुअघि पूर्व उच्च सैनिक अधिकारी पनि थिए। सन् २००० मा राष्ट्रपति जर्ज डब्ल्यु बुसका पालामा उनी अमेरिकी विदेशमन्त्री बनेका थिए।

उनी अफ्रिकी अमेरिकी समुदायबाट विदेशमन्त्री बन्ने पहिलो व्यक्ति हुन्। उनले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएको जानकारी पावेलको परिवारले वक्तव्यमा दिएको छ।

सन् १९५१ मा नेपालसँग कूटनीतिक सम्बन्ध कायम गरेको संयुक्त राज्य अमेरिकाका तर्फबाट पदमा रहेकै बेला नेपालको भ्रमण गर्ने उनी एक मात्र अमेरिकी विदेशमन्त्री हुन्। माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा रहँदा सन् २००२ को ज्यानुअरी १८ मा उनी नेपाल भ्रमणमा आएका थिए। 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर