नेभिगेसन मेनु

चीनले दिएको खोप उत्तर कोरियाद्वारा अस्वीकार
समय:2021-09-03 04:40

उत्तर कोरियाले चीनको ३० लाख डोज कोभिड खोप अस्वीकार गरेको छ । कोभिडबाट सबैभन्दा बढी प्रभावित देशमा ती खोप प्रयोग गर्न सक्ने भन्दै प्योङयाङले खोप लिन अस्वीकार गरेको हो।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को कोभ्याक्स कार्यक्रममार्फत प्योङयाङलाइ ३० लाख डोज सिनोभ्याक भ्याक्सिन उपलब्ध गराइएको थियो । अहिलेसम्म उत्तर कोरियामा कोभिडका बिरामी नदेखिएको जनाइएको छ । सिमा नाका बन्द, आवतजावतमा कडाइ र भाइरस नियन्त्रणमा सरकारले चालेका कडा कदमका कारण उत्तरलाई महामारीले असर गरेको छैन । 

उत्तरले खोप अस्वीकार गरेको यो पहिलोपटक भने होइन । खोपको नकारात्मक असर दर्शाउँदै जुलाईमा उसले एस्ट्राजेनेकाको २० लाख खोप लिन अस्वीकार गरेको थियो । चिनियाँ खोप प्रभावकारी नभएकाले उसले ती खोप अस्वीकार गरेको इन्स्टिच्युट फर नेसनल सेक्युरिटी स्ट्राटेजीले जनाएको थियो । उत्तरले अहिले रसियामा बनेका खोपप्रति चासो देखाएको छ ।

पहिलो डोज सिनोभ्याक लगाएका थाइल्यान्ड, उरुग्वेलगायतका देशले शरीरको प्रतिरोध क्षमता बढाउन अर्को खोप दिएका छन् । 

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर