नेभिगेसन मेनु

अफगानिस्तानको काबुलबाट विमान अपहरण
समय:2021-08-25 04:21

अफगानिस्तानको काबुलमा मानिसहरुको उद्धारको लागि गएको युक्रेनको एक विमानलाई अपहरण गरिएको छ। युक्रेन सरकारका मन्त्रीले मंगलबार यस्तो दावी गरेका हुन्। यो विमानलाई इरान लगिएको छ। मन्त्रीका अनुसार आइतबार यो विमान अपहरण गरिएको थियो। विमानलाई केही अज्ञात व्यक्तिहरुले आफ्नो नियन्त्रणमा लिएका छन्।

समाचार एजेन्सी एएनआइका अनुसार युक्रेन सरकारका सहायक विदेश मन्त्री येभ्गेनी येनिनले यो जानकारी दिएका हुन्। उनले भने ‘आइतबार हाम्रो विमानलाई केही अज्ञात व्यक्तिहरुद्वारा अपहरण गरिएको छ। मंगलबार यो विमानलाई इरान लगिएको छ। यो विमानमा अज्ञात व्यक्तिहरु छन्। यतिमात्र होइन हाम्रा अन्य तीन निकासी योजना पनि सफल हुन सकेनन् किनकि हाम्रा नागरिक विमानस्थलसम्म पुग्न पाएका थिएनन्।

एजेन्सीका अनुसार यो विमान अपहरण गर्नेहरु हतियारधारी थिए। अहिलेसम्म यो विमानलाई कसले अपहरण गरेका हुन् भन्ने खुलेको छैन।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर