नेभिगेसन मेनु

तालिबानद्वारा विपक्षी र उनिहरुका परिवारको खोजी
समय:2021-08-21 05:07

संयुक्त राष्ट्रसंघको धम्की मूल्यांकन प्रतिवेदन अनुसार तालिबान घर(घर जाँदै विपक्षी र उनीहरुको परिवारको खोजीमा गरिरहेको छ। अफगानिस्तानका नयाँ शासकहरु बदला लिने योजनामा छन्।

सरकारी सेनालाई पराजित गरी २० बर्षको युध्द अन्त्य गर्न आइतबार काबुल कब्जा गरिसकेपछि सो समूहले पूर्ण आममाफी दिने वाचा गरेको थियो।

तालिबानले बदला लिने डर बढ्दै जाँदा अमेरिकाले ३ हजार अफगानीहरुलाई काबुलबाट अन्यत्र लगिसकेको छ।  तालिबानहरुले महिलाहरुलाई उनीहरुको अधिकारको सम्मान गरिने भनि आश्वासन दिएका थिए।

तर हजारौं मानिसहरु अझै पनि अफगानिस्तानबाट भाग्नका लागि कोशिश गरीरहेका छन। तालिबानले अमेरिका र नाटो सेनाका साथमा काम गर्ने मानिसहरुको घर(घरको लक्षित भ्रमण गरिरहेको छ।

नर्वेजियन सेन्टर फर ग्लोबल एनालिसिस द्वारा लिखित प्रतिवेदनमा लडाकुहरु काबुल एयरपोर्ट जाने बाटोमा मानिसहरुको स्क्रीनिङ गरिरहेको उल्लेख गरिएको छ।

उक्त समूहका कार्यकारी निर्देशक क्रिश्चियन नेल्लेमानले एएफपीलाई उनीहरु आफुलाई त्याग्न अस्वीकार गर्नेहरुको परिवारलाई लक्षित गरीरहेको र उनीहरुका परिवारलाई शरिया कानून अनुसारु मुद्दा चलाएर सजाय दिइरहेको जनाएका छन। 

 पहिले नाटो र अमेरिकी सेनाहरु र उनीहरुका सहयोगीहरु संग काम गर्ने व्यक्ति, उनीहरुका परिवारका सदस्यहरु संगै यातना र मृत्युदण्डको पर्दाफास हुने आशा गरिएको उनले बताए।

तालिबानले विगतमा यस्तो आरोप अस्वीकार गर्दै आएको छ र धेरै पटक बयान जारी गरी लडाकुहरुलाई निजी घरहरुमा प्रवेश गर्न प्रतिबन्ध लगाएको बताएकव छ।


उनिहरुले महिलाहरु र पत्रकारहरुलाई आफ्नो नयाँ नियम अन्तर्गत डराउनु नपर्ने बताए पनि काबुलमा पछिल्ला दिनहरुमा देखिएका अराजकताको रेकर्ड गर्ने धेरै मिडियाकर्मीहरु लाठी वा कोर्राले हानिएको समाचार छ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर