नेभिगेसन मेनु

अमेरिकाव्दारा अफगानिस्तानको स्थितिको अबलोकन
समय:2021-08-19 04:10

अमेरिकाव्दारा  अफगानिस्तानको स्थितिको अबलोकन

अफगानिस्तानको राजधानी काबुल कब्जा गरेपछि तालिबानले आधारभूत मानवअधिकारप्रति आफ्नो दायित्व पूरा गर्न सक्छन् कि सक्दैनन समयको साथमा तालिबानलाई अवलोकन गरिने अमेरिकाले जनाएको छ। 

अमेरिकाका राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले पत्रकारहरुसंग कुरा गर्दै नियन्त्रणमा लिइसकेपछि तालिबानले महिलाहरुलाई काम र अध्ययन गर्न तथा इस्लामी कानूनको दायरा भित्र मिडियाकर्मीहरुको अधिकारको रक्षा गर्न अनुमति दिने संकेत गरेको बताए। अमेरिकाले यो समूहलाई वैध शासकीय शक्ति मान्छकि मान्दैन भने सोधिएको जिज्ञासामा उनले 

अहिले, काबुलमा एक अराजक स्थिति रहेकोले यो प्रश्नलाई सम्बोधन गर्नु साँच्चै नै समय अघिनै हुने स्पष्ट बताए। 

 विदेश विभागका प्रवक्ता नेड प्राइसले अफगानिस्तानमा औपचारिक रुपमा सत्ता हस्तान्तरण नभएको बताए। 

अमेरिकी राष्ट्रपति जो बिडेन र बेलायती प्रधानमन्त्री बोरिस जोनसनले मंगलबार अफगानिस्तानको स्थितिबारे फोनमा कुराकानी गरेका थिए।

ह्वाइट हाउसले अमेरिका तथा बेलायत अफगानिस्तान बारे साझा रणनीति बारे छलफल गर्न अर्को हप्ता सात नेताहरुको भर्चुअल समूह बैठक गर्न सहमत भएका थिए

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर