नेभिगेसन मेनु

काबुलस्थित जर्मन दूतावासका नेपाली सुरक्षागार्ड भन्छन्– ‘फर्कने आसमा विमानस्थलमै छौं’
समय:2021-08-17 03:38

म हार्ट कम्पनीमार्फत काबुलस्थित जर्मन दूतावासमा सुरक्षागार्ड थिएँ । जर्मनीले काबुलबाट दूतावास हटाउने भएपछि महत्त्वपूर्ण कागजात जलाउने र लुकाउने काम भइरहेको थियो । हामी आइतबार बिहान क्याम्पमै थियौं । केही साथीहरु ड्युटीमा खटिएका थिए । तालिवान लडाकु दूतावास रहेको क्षेत्रमा आइसकेका थिए । उनीहरु क्याम्पभित्र छिरे । ‘तिमीहरु डराउनुपर्दैन, हतियार यहीं छाडेर २ घण्टाभित्र जाऊ’ भने ।

हामीलाई तालिवानले केही नराम्रो गरेनन् । काबुल छोडेर निस्कनुपर्छ भनिएको छ तर मिति बताइएको छैन । क्याम्पमा बसेका सबैले हतियार छोडिदिए । तुरून्तै निस्कने आदेश भएपछि ड्युटीमा रहेका साथीहरु भने हतियारसहित बाहिर निस्के । उनीहरुको साथमा पासपोर्टबाहेक केही थिएन ।

सबै देशका दूतावास एकै ठाउँमा थिए । हतियार भएकालाई विमानस्थलको अमेरिकी सैन्य परिसरमा लैजान हेलिड्रप हुन थाल्यो । हेलिकप्टरमा पालो नपाउने गाडीबाटै जान थाले । हामी विमानस्थलतर्फ जान सकेनौं । साथीहरु छिन्नभिन्न भए । विमानस्थल गएका साथीहरु ह्यांगरतिर नै बस्न थाले । केहीलाई चौरमा राखियो । हामी क्याम्पबाट निस्कँदा सडकमा ढुंगा प्रहार भइरहेको थियो । बाटोमा भेटिएका तालिवानले आकाशतिर गोली बर्साइरहेका थिए ।

कम्पनीले विमानस्थलनजिकै रहेको एउटा होटलमा ल्याएर हामीलाई राख्यो । पछि तालिवानले आएर विमानस्थलमै बस्न भनेपछि विमानस्थल आएका छौं । त्यहाँ अरु १ सय २५ जना छन् । अन्य कम्पनीमा काम गर्ने नेपाली पनि होलान् । हाम्रा साथीहरु विश्व बैंक, जर्मन, क्यानेडियन दूतावासमा काम गर्थे । ब्रिटिस दूतावासमा खटिएका जिफोर एस कम्पनीका नेपाली दुबई हुँदै बेलायत उडेको जानकारीमा छ । हामीलाई कम्पनीले जहाज बोलाएर उडाउने भनेको छ । कहिले उडाउने भन्ने जनाएको छैन । दुबई, कतारसम्म लगिदिए पनि सजिलै घर पुगिन्थ्यो भन्ने लागेको छ । हामी अन्योलमा छौं । कहिले फर्किने हो थाहा छैन, छिट्टै नेपाल फर्किन पाए ढुक्क हुन्थ्यो ।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर