नेभिगेसन मेनु

अफगानी राष्ट्रपति असरफ घानीले देश छाडे
समय:2021-08-16 03:33

अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन्। विद्रोही संगठन तालिवानले धम्की दिएपछि उनले देश छाडेको अफगानी अधिकारीलाई उधृत गर्दै बीबीसीले उल्लेख गरेको छ।

रोयटर्सका अनुसार तालिवानी विद्रोहीले राजधानी नियन्त्रण गरेर सत्ता आफ्नो हातमा लिनसक्ने चर्चाका बीच राष्ट्रपति घानी देश छाडेर काजिकिस्तान पुगेको जनाइएको छ। उपराष्ट्रपतिले पनि मुलुक छाडेका छन्।

रोयटर्सका अनुसार गृहमन्त्रीले यस्तो जानकारी दिएका हुन्। अन्तर्राष्ट्रिय संचारमाध्यमसँग कुरा गर्दै तालिवानी प्रवक्ताले शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरणका लागि आफूले वार्ता गरिरहेको बताएका छन्।

उपराष्ट्रपति अमरुल्ला सलेहले पनि देश छाडेका छन्। दशदिनभित्रै तालिवानले प्रमुख सहर कब्जा गरेपछि राष्ट्रपति घानीलाई राजीनामा दिन तीव्र दबाब थियो।

काबुलस्थित पत्रकार बसिर अहमद ग्वाखले राष्ट्रपति घानीले राजीनामा दिएको जनाएका छन्। उनका अनुसार राजीनामको सक्कली पत्र कतारस्थित तालिवानलाई पठाइएको छ। राष्ट्रपति घानीले देश छाडेको पुष्टि पनि पत्रकार ग्वाखले पहिलोपटक गरेका थिए।

#

डिस्क्लेमर: यो लेख दक्षिण एशिया सञ्जाल टीवी सिको अन्तर्राष्ट्रीय अनलाइन्टियाको स्वत-मिडियाबाट आउँछ, सिको अन्तर्राष्ट्

पसंदीदा प्राप्त गर्नुहोस्0
उप्पर